भक्तपुर । भक्तपुरमा भएको दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगितामा आयोजक स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरलाई हराउँंदै मदरल्याण्ड स्कुल बााचामारी भक्तपुरले हात पारेको छ । स्थानीय महेश्वरी खेल मैदानमा भएको प्रतियोगितामा शुन्यकाविरुद्ध एक गोल गोलले मदरल्याण्ड विजयी भएको हो । फष्ट हाफमै आत्माघाती गोल भएर मदरल्याण्ड विजयी भएको थियो ।   


भक्तपुर एफसी ११ र स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरको संयुक्त आयोजना तथा सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरको सहयोगमा प्रतियोगिता भएको हा । प्रतियोगितामा पहिलो टिमलाई वागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले नगद पुरस्कार, कप तथा प्रमाणपत्र प्रदान गरे । पहिलोलाई दस हजार नगदका साथै कप र प्रमाणपत्र प्रदान गरिएको थियो भने दोश्रोलाई पाँंच हजार नगदसहित कप र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा म्यान अफ दी म्याचमा दोश्रो हुन सफल स्प्रिङडेल स्कुलका आजाद प्रजापति घोषित भए । प्रतियोगितामा उत्कृष्ट खेलाडी सुदिल थुयाजू, उत्कृष्ट किपर सुनिल लामा र उत्कृष्ट रक्षकमा अतित तामाग तीनैजना पहिलो टिम हुन सफल मदरल्याण्डबाटै घोषित भए । साथै उदयीमान खेलाडीमा दोश्रो हुन सफल टिम स्प्रिङडेल स्कुलका अतित लामा घोषित भएका थिए । साथै अनुशाशित टिममा ख्वप्रिग स्कुल घोषित भएको थियो ।

आयोजक भक्तपुर एफसी ११ का अध्यक्ष राम प्रजापतिले भक्तपुरको फुटबल खेललाई अगाडि वढाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको कार्यक्रममा जनाए ।
स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवालीको कार्यकारी निर्देशक बिजु श्रेष्ठले प्रतियोगितामा कक्षा सातदेखि १० सम्मका विद्यार्थीको टिम सहभागी भएको जानकारी गराए । प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार गरेका थिए ।
आयोजक भक्तपुर एफसी ११ क्लब भक्तपुरकै पुरानो फुटबल क्लव हो । यो जिल्लामा रहेको धेरै फुटबल क्लबहरुमध्ये सक्रिय फुटवल क्लव पनि हो । यस क्लबमा भक्तपुरकै पुरानो शिवजी श्रेष्ठलगायतका पुराना फुटवल खेलाडीहरु आवद्ध छन् ।...

All Comments.......


Please Login/Register To Comments