भक्तपुर । भक्तपुरमा भइरहेको दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनल खेल आज दिउँंसो साढे १२ बजेबाट सुरु हुँदैछ । कपका लागि आयोजक स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुर र मदरल्याण्ड स्कुल बााचामारी भक्तपुरवीच प्रतिस्पर्धा हुँंदैछ । प्रतियोगिता महेश्वरी खेल मैदान भक्तपुरमा हुँंदैछ ।   
भक्तपुर एफसी ११ र स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरको संयुक्त आयोजना तथा सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरको सहयोगमा प्रतियोगिता सुरु भएको थियो ।
प्रतियोगिताका उत्कृष्ट पहिलो र दोश्रो हुने टिमहरुलाई आजै पुरस्कार वितरण हुने जनाइएको छ । आयोजक भक्तपुर एफसी ११ का अध्यक्ष राम प्रजापतिले भक्तपुरको फुटबल खेललाई अगाडि वढाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको जनाए । आजका विद्यार्थीलाई राम्रो फुटबलर बनाउन सके भोलि मजबुद फुटबल टिम वन्ने आशाका साथ प्रतियोगिता गरेको जानकारी उनले गराए ।
स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवालीको कार्यकारी निर्देशक बिजु श्रेष्ठले प्रतियोगितामा कक्षा सातदेखि १० सम्मका विद्यार्थीको टिम सहभागी भएको जानकारी गराए । प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार गरेका थिए ।
आयोजक भक्तपुर एफसी ११ क्लब भक्तपुरकै पुरानो फुटबल क्लव हो । यो जिल्लामा रहेको धेरै फुटबल क्लबहरुमध्ये सक्रिय फुटवल क्लव पनि हो । यस क्लबमा भक्तपुरकै पुरानो शिवजी श्रेष्ठलगायतका पुराना फुटवल खेलाडीहरु आवद्ध छन् ।...

All Comments.......


Please Login/Register To Comments