भक्तपुर कप फुटवल ः मदरल्याण्ड र विनायक शिक्षा विजयी
पुष ८, २०७८, बिहीबार | विहान ११:४४ बजे | 5
भक्तपुर । भक्तपुरमा बुधबारदेखि सुरु भएको दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगितामो बिहीबारको खेलमा मदरल्याण्ड स्कुल बााचामारी भक्तपुर र विनायक शिक्षा निकेतन स्कुल मध्यपुर थिमि भक्तपुर विजयी भएको छ ।
भक्तपुर एफसी ११ र स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरको संयुक्त आयोजना तथा सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरको सहयोगमा भएको विहीबारको पहिलो खेलमा ख्वपृग इगलिश स्कुल लिवाली भक्तपुरलाई हराउँंदै मदरल्याण्ड स्कुल बाचामारी भक्तपुर विजयी भएको हो । साथै दोश्रो गेममा रोम्वस स्कुल कमलविनायक भक्तपुरलाई हराउँंदै विनायक शिक्षा निकेतन स्कुल मध्यपुर थिमि भक्तपुर विजयी भएको हो ।
भक्तपुरको महेश्वरी खेल मैदानमा भएको दोश्रो दिनको प्रतियोगितामा एकका विरुद्ध दुई गोल गरी मदरल्याण्ड विजयी भएको हो भने शुन्यका विरुद्ध आठ गोलको फराकिलो अन्तरले विनायक विजयी भएको हो ।
प्रतियोगिताका उत्कृष्ट पहिलो र दोश्रो हुने टिमहरुलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक भक्तपुर एफसी ११ का अध्यक्ष राम प्रजापतिले जानकारी दिए । भक्तपुरको फुटबल खेललाई अगाडि वढाउने उद्देश्यका साथ प्रतियोगिता गरेको उनले जानकारी गराए । आजका विद्यार्थीलाई राम्रो फुटबलर बनाउन सके भोलि मजबुद फुटबल टिम वन्ने आशाका साथ प्रतियोगिता गरेको जानकारी उनले गराए ।
स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवालीको कार्यकारी निर्देशक बिजु श्रेष्ठले प्रतियोगितामा कक्षा सातदेखि १० सम्मका विद्यार्थीको टिम सहभागी भएको जानकारी गराए । प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार गरेका थिए ।
आयोजक भक्तपुर एफसी ११ क्लब भक्तपुरकै पुरानो फुटबल क्लव हो । यो जिल्लामा रहेको धेरै फुटबल क्लबहरुमध्ये सक्रिय फुटवल क्लव पनि हो । यस क्लबमा भक्तपुरकै पुरानो शिवजी श्रेष्ठलगायतका पुराना फुटवल खेलाडीहरु आवद्ध छन् ।