भक्तपुर उद्योग वाणिज्य संघ


साउन १३, २०७७, मङ्गलबार | विहान ०२:४३ बजे | 65


भक्तपुर उद्योग वाणिज्य संघ
प्रेस विज्ञप्ति
१२ श्रावण २०७७

मौद्रिक नीतिका व्यवस्था सम्बन्धमा अन्तरक्रिया कार्यक्रम
अर्थ सचिवलाई व्यवसायीका तर्फबाट सम्मान प्रदान

भक्तपुुर उद्योग वाणिज्य संघले आ.व. २०७७÷०७८ को मौद्रिक नीतिका सकारात्मक पक्षहरुका बारेमा आज संघकै सभाकक्षमा प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनु भएका नेपाल सरकार अर्थ मन्त्रालयका सचिव श्री शिशिर कुमार ढुड्डानालाई जिल्लाका उद्यमी व्यवसायीको तर्फबाट संघले सम्मान पनि ग¥यो । वहांलाई संघका अध्यक्ष श्री प्रदिप श्रेष्ठले दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गुर्न भएको थियो ।

संघका अध्यक्ष श्री प्रदिप श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा वहांले कोविद १९ को समस्याबाट ग्रस्त आर्थिक क्षेत्रको पुर्नउथानका लागि स्थानीय स्तरमा नै जनशक्ति उत्पादन गर्नु पर्ने, मेला महोत्सव आयोजना हुनु पर्ने, राजस्व शिक्षा कार्यक्रम सञ्चालन गरिनु पर्ने लगायतका गतिविधिहरु संचालन गर्न निजी क्षेत्रलाई विशेष बजेटको व्यवस्था हुनु पर्नेमा जोड दिनु भयो । यसैगरी उद्योग वाणिज्य संघले दिदै आएको व्यवसायिक फर्म दर्ता तथा नविकरण सिफारिस सेवालाई पुनः सुचारु गरिनु पर्नेमा समेत माग गर्नु भयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै प्रमुख अतिथि नेपाल सरकार अर्थ मन्त्रालयका सचिव श्री शिशिर कुमार ढुड्डानाले बजेटले गरेका व्यवस्था र मौद्रिक नीतिका व्यवस्थाहरुका बारेमा प्रकाश पार्नु हुदै उत्पादन मुलक गतिविधिहरुका लागि श्रोतको अभाव नहुने बताउनु भयो । यसैगरी भक्तपुर जस्तो ऐतिहासिक स्थानको विकास आधुनिक शैलिबाट भन्दा मौलिकता सहितको हुनु पर्नेमा वहांको जोड थियो ।

यसैगरी कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक श्री सिद्ध राज भट्टले राष्ट्र बैंकले जारी गरेको आ.व २०७७÷०७८ ले गरेका व्यवस्थाहरुका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

सो अवसरमा संघका पूर्व अध्यक्ष, वर्तमान सल्लाहकार समितिका संयोजक एवं नेउवामहासंघ वागमती प्रदेशका उपाध्यक्ष श्री कृष्ण प्रसाद अवालले कोविद् १९ संक्रमण पश्चात् आर्थिक क्षेत्रको संवृद्धिका लागि थुप्रै चुनौतीहरु रहेको र सरकारले निजी क्ष्ँेत्रको साथ लिएर अगाडि बढनु पर्ने बताउनु भयो ।

संघको एशोसियट्स सदस्यतर्फका उपाध्यक्ष एवं उक्त कार्यक्रमका संयोजक श्री कृष्ण मुरारी न्यौपानेले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष श्री शिव प्रसाद मानन्धरले धन्यवाद ज्ञापन गर्नु भएको थियो । ग्लोबल आई एम ई बैंकले प्रायोजन गरेको उक्त कार्यक्रममा बैंकका सेवा सुविधाहरुका सम्बधमा समेत प्रस्तुतीकरण भएको थियो ।

भवदीय,

राशनी मैञा धौबन्जा
महासचिव

 

Comments