भक्तपुरमा विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगिता सुरु


पुष ७, २०७८, बुधबार | विहान ०८:३५ बजे | 15


भक्तपुरमा विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगिता सुरु

भक्तपुर । भक्तपुरमा बुधबारदेखि दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगिता सुरु भएको छ । भक्तपुर एफसी ११ र स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरको संयुक्त आयोजना तथा सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरको सहयोगमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता भक्तपुरको महेश्वरी खेल मैदानमा सुरु भएको हो ।
प्रतियोगिताका उत्कृष्ट पहिलो र दोश्रो हुने टिमहरुलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक भक्तपुर एफसी ११ का अध्यक्ष राम प्रजापतिले जानकारी दिए । भक्तपुरको फुटबल खेललाई अगाडि वढाउने उद्देश्यका साथ प्रतियोगिता गरेको उनले जानकारी गराए । आजका विद्यार्थीलाई राम्रो फुटबलर बनाउन सके भोलि मजबुद फुटबल टिम वन्ने आशाका साथ प्रतियोगिता गरेको जानकारी उनले गराए ।
स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवालीको कार्यकारी निर्देशक बिजु श्रेष्ठले प्रतियोगितामा कक्षा सातदेखि १० सम्मका विद्यार्थीको टिम सहभागी भएको जानकारी गराए । प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरे । प्रतियोगिताको उदघाटन खेल आयोजक स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवाली र सिद्धिदास मावि भक्तपुरवीच भएको छ ।
आयोजक भक्तपुर एफसी ११ क्लब भक्तपुरकै पुरानो फुटबल क्लव हो । यो जिल्लामा रहेको धेरै फुटबल क्लबहरुमध्ये सक्रिय फुटवल क्लव पनि हो । यस क्लबमा भक्तपुरकै पुरानो शिवजी श्रेष्ठलगायतका पुराना फुटवल खेलाडीहरु आवद्ध छन् ।...

Comments