गध्दार दुई साँढे.......


साउन १३, २०७७, मङ्गलबार | विहान ०१:१८ बजे | 235


लेखकःकुमार लघु
दुई साँढे पातीमा भेट भयो पहिलो खेपमा
साँढे मोटो र पातलो अघाएका थिए
पातलो झापा हुन्दै काठमाण्डू सपे साँढे
अर्काे गोरखा हुन्दै चितवन र काठमाण्डू मै पसे
यी दुइ नदिको किनार झै वर्षाै डुले हिडे, खाए
कहिले पूर्व ,पश्छिम,उत्तर र दक्षिण दौडेर खाए
कहिले धाक्रे ,कहिले सेवक,नेता र कार्यकर्ता वने
साँढेले खेत खने शोषक,सामान्तको विरोध गरे
अनियमित गरिवको लुटिखानेलाई छपक्क हाने
साँढेले कक्षा लिए जनता चेतित परेको देखियो
साँढेलाई सवै जनताले खेत खनलाई लिए
हलोमा बाँधेर बालि लाउन खन्न जोतमा लगाए
साँढेले खेत खनेको देखेर सवै खुसि भए
मर्दापर्दा सहयोग गर्ने भएपछि जनता खुसि भए
दुई साँढे जनतासंगै खानपिन एकै चुलामा परे
साँढेले जनतालाई सोचिवरि दुस्ख र सुखमा साथ
साँढे वुध्दिमानी भविष्य र वर्तमान सवै जानेका
देसको शोषक भएसम्म जनतालाई दुःख हुने
थाहा भएका वुध्दिमानी त्यो दुईसाँढे हृष्टपुष्ट
खान लाउन दिमागले सवैलाई ठिक पार्न खपिस
जहाँ जस्तो चाहियो उस्तै तवरले वेसार झै हुने
गेडागूडीमा मिल्न सक्ने क्षमतावान त्यो साँढे
सहनशिल,कर्मथ, ओजन्दार,दमदार वोल्ने सुन्ने
तीसाँढेका पछि सवै जनता पनि लागे जानेर
उतिकै सफा चट्ट परेको ठाऊँमा रमाउने, वस्ने
साँढेले वरिपरि जनतालाई सिकाउने साथ लाने
धेरै उतार चडाऊ गरे ,वेलामौकामा कटाक्ष गर्ने
बाहिर उधुम् मचाउने लोग्ने स्वास्नी झै वेलुका
हेर्दा तछाड मछाड गरेको नमिलेला जस्तो
दुई साँढे पदका लागि अस्वाभाविक रूपमा मिले ?
अर्का दाजू भाइ तीन  छक्क परे हेर चुनाव जिते !
दुइ घरलाई एकै घर वनाई वसे कहिले काहीँ नवोल्ने भए
खाना मिठो दुवै साँढे मोटाउँदै गफिएर हिडेसंगै
साँढे दरबार वेलामौकामा धुसे दरवारले पालेका
उधुम् वोल्न र सायरी हाने वोल्न खपिस्
बेलान कुबेलामा छलफलमा लाग्छन् भूतघरमा
साँढेको कुराकानीमा कार्य विभाजन भयो
नायक र महानायक वने सजिए ठाउठाँउँमा हिडे
एक उच्च ओहोदामा वस्ने अर्काे पातीको नेतृत्व गर्ने
पालो कुर्नेले झेलि गर्दै ल्याए त मात्र माथी म तल्ल ?
त्यही पालो कुर्नेले उद्दण्दा मचाए भिडण्तले
अस्थिरता छाईरहयो
साँढे दुई किनारमा सुरक्षित छन् दुवै तगडाछन्
अलि मनथर भएकाछन् ,
त्यो कोलाहलले जनताले दुई साँढेको मनको
कुरो थाहा लिए रे
न त जनताले खान पाए न त सुखी नै हुन पाए ?
दुई वटा साँढेले छोराछोरीलाई नदिमा हाम
फाल्न दिए
कति पौडिए किनारा लागे कति त भेलले बगाए
साँढे दुई र प्राणी थिए मात्र आफ्नो खानेमा
फरक
साँढेले अरू कुनै नजिक आए खुट्टाले हान्छन् है
साँढेको त्यो वदख्याई जनताले हेर्दैछन्
यी दुई साँढे त नदिमा हुतिएर जान तयार छन्
कुन  दिन हो पौडिन विर्सीएर भेलले बगाउनेछन्
जसो गरेनी हुन्न जनताले समर्थन गर्ने,नगर्ने हो?
ठुलो साँढेले नी हेर्ने होईन ,सानो साँढेले हेर्ने ?
यस्ता साँढेले गरेर वित्ने भयो हाम्रो जीवन ल ?
दुई गध्दार साँढे मिलोस् लोभि पापी यस्तै !

Comments