सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप
साउन १२, २०७७, सोमबार | दिउँसो ०१:१९ बजे | 50
काठमाडौं । वर्षेनी २७ हजार अर्थात दैनिक ७३ जनाको ज्यान लिने सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा सरकार उदासिन रहेको छ ।
कानुन र नियमावली बनाएर चुप लागेको सरकारका कारण र सुर्ती उत्पादकहरुको प्रचारका कारण सुर्ती सेवन नगर्नेहरुको ज्यान पनि खतरामा पर्दै गएको छ ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले गरेको सुर्ती उद्योगको हस्तक्षेपसम्वन्धी अध्ययनले सरकारी निकायहरु कानुनको कार्यान्वयनमा फितलो तथा उदासिन हुनुमा अप्रत्यक्ष रुपमा सुर्ती उद्योगको प्रलोभन रहेको देखाएको छ ।
सुर्ती सेवन गर्ने ९८ प्रतिशतलाई सुर्तीबाट हुने हानी नोक्सानीका बारेमा ज्ञान भएकाले कानुन कार्यान्वयन गरी नियन्त्रण गर्नुपर्ने तड्कारो आवश्यकता रहेको उनले औंल्याए ।
सुर्ती उद्योगले उत्पादन, आम्दानी र बजारीकरणमा गरेको खर्च सार्वजनिक गर्नुपर्ने बताउँदै उनले आन्तरिक राजस्व विभागले सुर्तीको विक्रि वितरणका सम्वन्धमा अनुगमन गरि राख्नुपर्ने पनि अध्ययनकर्ता मुल्मीले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनका जनस्वास्थ्य मोहम्मद खुर्सेद अलाम हैदरले सुर्ती नियन्त्रणसम्वन्धी अन्तराष्ट्रिय अभिसन्धि (एफसीटीसी) कार्यान्वयनमा प्रमुख अवरोधका रुपमा सुर्ती उद्योगीको हस्तक्षेप रहेको स्पष्ट पारे । उनले भने ,‘ नेपालमा वर्षेनी सुर्ती सेवनमा मात्रै ४७ अर्ब रुपैयाँ खर्च गर्ने गरेको छ र यसबाट उत्पन्न जोखिम तथा रोगका कारण हुने खर्च भयावह छ । ’
राष्ट्रिय स्वास्थ्य सूचना, शिक्षा तथा संचार केन्द्रका कुञ्ज जोशीले चुरोट खुलमखुलम रुपमा अस्पतालको छेउछाउमा समेत विक्रि वितरण र सेवन भइरहेको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारीले कार्वाही गरेको नदेखेको र ७५३ वटै स्थानीय तहले यसतर्फ कदम चालेको नपाएको उनले बताए ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य र खोप शाखा प्रमुख डा. झलक गौतमले
सहायक प्रमुख जिल्ला अधिकारीले वार्षिक प्रतिवेदन बनाउनका लागि र बजेट सकाउनका लागि मात्र सुर्ती नियन्त्रणको अनुगमन गर्ने गरेको बताए ।