साँस्कृतिक पदयात्रा सकियो


साउन १०, २०७७, शनिबार | दिउँसो ०२:२२ बजे | 35


भक्तपुर । शनिबार मध्यपुर थिमी नगरपालिकाले शनिबार साँस्कृतिक पदयात्रा (हेरिटेज वर्किग) गराएको छ । जसमा विभिन्न संचारगृहमा कार्यरत पत्रकार तथा संचारकर्मीहरुबाट मध्यपुरथिमि नगरपालिकाले गरेका निर्माण सम्पन्न भएका, निर्माणाधीन अवस्थामा रहेका , प्रारम्भिक तथा अन्तिम चरणमा रहेका र पुनर्निर्माण एवं जिर्णोद्धार गरिएका मूर्तसम्पदाहरु अवलोकन गराएका थिए ।
[[img2]]
मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले गराएका थिए । साथै उनले भइरहेको कामहरुको गुरुयोजना अनुसार निर्माण भैरहेका शंखधरपार्क, शंखधर सामुदायिक भवन लगायतका सम्पदाहरूको अवलोकन गरेका थिए ।
[[img3]]
झन्डै ३१ वटा सम्पदाहरूको बारेमा नगरप्रमुख मदन सुन्दर श्रेष्ठबाट संचारकर्मी तथा पत्रकारहरूलाई विस्तृत जानकारी गराए थियो । साथै त्यहाँ कार्यरत उपभोक्ता समितिका अध्यक्षहबाट जानकारी गराएका थिए । पूनः निर्माण तथा जिर्णोद्धार भएसम्म मौलिक शैलीमा निर्माण भैरहेका उनले जानकारी गराए । सम्पदाहरुलाई आफ्नो मात्र नभई पर्यटकिय गन्तव्य स्थलका रुपमा तयार गर्ने उनको योजना रहेको श्रेष्ठे बताए ।
[[img4]]
कार्यक्रम मध्यपुरको शंखधरचोकबाट सुरु भएर बोडेमा रहेको कुमारी मन्दिरमा लगेर समापन गरिएको थियो ।
[[img5]]
[[img6]]
[[img7]]

फाेटाेमा हेर्नुहाेस्...

Comments