गाँजा फडानी तथा नष्ट
साउन १०, २०७७, शनिबार | दिउँसो ०१:३० बजे | 35
भक्तपुर । २०७७ साउन १० गते ‘समुदाय प्रहरी साझेदारी’ अवधारणा अन्तर्गत महानगरीय प्रहरी परिसर भक्तपुर र सा.प्र.से.के. कटुन्जे भक्तपुरको संयुक्त आयोजनामा भक्तपुर नगरपालिका वडा नं. ०१ सल्लाघारीमा प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु परिसर भक्तपुरबाट प्र.नि. सुजता तुम्बाहाङ्फेको कमाण्डमा खटि गएको ५० जना प्रहरी टोली लगायत भक्तपुर नगरपालिका वडा नं. ०१ का वडा अध्यक्ष, आरएनए–१६ का पदाधिकारी, विपद व्यवस्थापनको टोली, स्थानिय बासिन्दा गरी अ. १०० जनाको उपस्थितीमा अन्दाजी ४५०० गाँजाका बोट फडानी गरि नष्ट गरिएको छ ।