सुनारद्धारा कांग्रेस केन्द्रिय सदस्य उम्मेदवार घोषणा


मंसिर १९, २०७८, आइतबार | दिउँसो ०१:५८ बजे | 75


सुनारद्धारा कांग्रेस केन्द्रिय सदस्य उम्मेदवार घोषणा

बिद्यार्थी राजनीतिबाट उदाएका चर्चित एवं बौद्धिक युवा नेता डम्बर बहादुर सुनारले (डि.बी) नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन। यहि मंसिर १८ गते सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भविष्यको काङ्ग्रेस निर्माण गर्ने जिम्मेवारी आफ्नो पुस्तामा आएको र उक्त संकल्पलाई समय सापेक्ष दिशाबोध दिन आफू तयार रहेको बताए। काङ्ग्रेसमा युवाको आकर्षणलाई अझै बढी प्रभावकारी बनाउने र केन्द्रिय तहमा नीति निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन आफू सक्षम रहेको बताए। नेबि संघ को केन्द्रिय उपाध्यक्षको उम्मेद्वार हुँदै उक्त संगठनको बिदेश बिभाग प्रमुख समेत रहेर उनले राजनितिक जिम्मेवारी निर्वाह गरिसकेका छ।

हाल उहाँ नेपाली काङ्ग्रेसको महत्वपूर्ण बिभाग, केन्द्रिय नीति अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठानको बिदेश नीति बिज्ञ सदस्यको जिम्मेवारीमा समेत रहेका छन। अछाम जिल्लाबाट  महाधिवेशन प्रतिनिधि चुनिएका सुनार शैक्षिक बिधामा समेत अब्बल रहेका छन। उनि सिभिल ईन्जिनियर हुनुको साथै बिदेश मामिलाका जानकार समेत रहेक छन। हाल उनी चीन स्थित प्रसिद्ध बिश्वबिद्धालयमा अन्तरास्ट्रिय सम्बन्ध तथा कुटनिती बिषयमा विद्यावारिधि समेत गरिरहेका छन। विभिन्न अन्तरास्ट्रिय सेमिनार तथा कार्यक्रममा सकृयतापुर्वक सहभागीता जनाउदै उनले २७ भन्दा बढी मुलुकको समेत भ्रमण गरेका छन।

Comments