स्वतन्त्र पत्रकार संघ भक्तपुरको कावा अध्यक्षमा लघु


मंसिर १७, २०७८, शुक्रबार | विहान १०:३७ बजे | 60


स्वतन्त्र पत्रकार संघ भक्तपुरको कावा अध्यक्षमा लघु

भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरको कार्यबाहक अध्यक्षको जिम्मेबारी कुमार लघुलाई सुम्पिएको छ । रिक्त रहेको अध्यक्ष पदमा कार्यसमिति सदस्य लघुलाई कार्यबाहक अध्यक्षको जिम्मेबारी दिइएको हो ।
कार्यसमितिको बैठकले लघुलाई कार्यबाहक अध्यक्षको जिम्मेबारी दिइएको हो । यसअघि भक्तपुर नगरकोतर्फबाट सदस्य रहेका लघुलाई कार्यबाहक अध्यक्ष बनाइएको हो । समितिमा मध्यपुर थिमिकोतर्फबाट सदस्यमा रत्नकृष्ण प्रजापति, सूर्यविनायक नगरपालिकाकोतर्फबाट छन्दविज्ञान निरौला, चाँंगुनारायण नगरपालिकाकोतर्फबाट विपना मुसिख्वाल सदस्य रहेका छन् । समितिमा सचिव, कोषाध्यक्ष भक्तपुर नगरपालिका क्षेत्रका छन् ।  

Comments