नेपाल स्काउटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
साउन १०, २०७७, शनिबार | दिउँसो १२:४२ बजे | 40
भक्तपुर । लायन्स क्लब अफ न्यातापोलले कोभिड १९ को रोकथाममा अग्रपक्तिमा लागि रहेका स्काउटको लागि आबश्यक स्वास्थ्य सामाग्रीहरु एक कार्यक्रवीच हस्तान्तरण गरेको छ । जिल्ला स्काउट कार्यालय भक्तपुरमा आयोजित कार्यक्रममा माक्स, स्यानिटाईजर र गोल्बस्हरु प्रदान गरिएको हो । उक्त सामग्रीहरु लायन्स क्लब अफ न्यातपोलका नवनिर्बाचित अध्यक्ष कृष्णसुन्दर प्रजापतिले जिल्ला आयुक्त रामगोपाल कर्माचार्यलाई हस्तान्तरण गरेका हुन् ।