प्रभावकारी बन्दै सिरहाका जनता डोमी चौधरी उच्च माध्यामिक बिद्यालय


मंसिर १७, २०७८, शुक्रबार | विहान ०३:५४ बजे | 35


प्रभावकारी बन्दै सिरहाका जनता डोमी चौधरी उच्च माध्यामिक बिद्यालय

महेश सिंह
सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत पर्ने श्री जनता डोमी चौधरी उच्च माध्यामिक बिद्यालय तथा प्राबिधिक धारका सिभिल अध्ययन गर्ने विद्यार्थीद्वारा फेर्वेल तथा बिदाई कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरुलाई हौसला प्रदान गर्न सरकारी बिद्यालयहरु मध्ये उक्त बिद्यालयले कार्यक्रमको आयोजना गरेको थियो।

बिद्यालयका प्रधानाध्यापक पशुपति साहको अध्यक्षतामा कार्यक्रम भएको थियो भने प्रमुख अतिथिमा लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामवलब साह रहनु भएको थियो। बिशिस्ट अतिथिमा गाउँपालिकाका वडा नम्बर २ का वडा  अध्यक्ष धर्मेन्द्र कुमार राय, गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुमिन्त्रा लामा,उच्च शिक्षा परिषदका प्रतिनिधि पत्रकार शिव कुमार साह,रेडियो नेपालका सिरहा संवाददाता नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह, बिद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थित रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहका अनुसार जनता डोमी चौधरी उच्च माध्यामिक बिद्यालय पोखर भिनडा हाम्रो गाउँपालिकाको सान रहेको बताउँदै, लहान, जनकपुर राजबिराज, बिराटनगरको शिक्षा गाउँकै स्कुलमा सुरु भएपछि  सानको कुरा भएको बताउनु भयो। गाउँकै स्कुलमा अध्ययन गरेर लोक सेवामा सकृयता देखाउन हामी अपेक्षित छौँ

स्कुलको प्र.अ. पशुपति साहका अनुसार सद्भाव र ब्यबहार निखार्नको लागी बिद्यालयको उच्च लयाउन  बिद्यालयको कमिकमजोरीहरुलाई सल्लाह सुझाव दिई शिक्षामा र लोक सेवाहरुमा सक्रियता देखाउने छ हामीले अपेक्षा गरेका छौँ भने र तराईमा धेरै बिद्यालयहरुमा बिद्यालयको समितिहरुबाट  सल्लाह सुझावको आत्मसात गर्दै बिद्यालयलाई अगाडि बढाउछु प्रतिबधता ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।

गाउँपालिको प्रमुख प्रसास्किय अधिकृत सुमिन्त्रा लामा की अनुसार विद्यार्थीहरुलाई यस्तो कार्यक्रमबाट संन्देशको पाटो बनोस् भन्दै सुभकाना दिदै बिदा हुनु भएको थियो। पुर्व्जले गरेको सहाकार आज पुरा हुँदै छ।बिवाद कहाँ हुन्छ जहाँ काम भइ राखेको हुन्छ। मानव जिबनमा शिक्षा नै आधार शिला बन्दै गरेको ऊनी टिप्पणी गरेका थिए। अहिलेको बिद्यार्थी भाई बहिनीहरुलाई प्राबिधिक शिक्षामा जोडदिन आग्रह गरेका थिए।

उक्त कार्यक्रममा हजारौं विद्यार्थीहरुको सभागिता रहेको थियो। कार्यक्रमको संचालन सोही स्कुलमा अध्ययनरत सिभिलका विद्यार्थी तथा कुसल प्रोग्राम प्रस्तोता प्रभाकर ठाकुरले गरेका आयोजकले जानकारी दिन भयो।

Comments