ओमचरण अमात्यलगायतका नेताहरु माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीमा प्रवेश, डा दिनेश भुजूले पार्टी प्रवेश नगरेको भनाई
मंसिर १७, २०७८, शुक्रबार | विहान ०२:५८ बजे | 80
भक्तपुर । नेपाल मजदुर किसान पार्टी परित्याग गरी माओवादी प्रवेश गरेका भक्तपुर केही पुराना चर्चित नेताहरुको झुण्ड माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादीं पार्टीमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा नारायणप्रसाद वैद्य, न्हुच्छेबहादुर ढुकुछु, डा। लक्ष्मी शिल्पकार, डा. राजन सुवाल, डा. प्रकाश सुवाल, डा. तिलक श्रेष्ठ, डा. अनुपमा अमात्य, इन्जिनियर रविन ढुकुछु, जयन्द्र अमात्य, ओमचरण अमात्य, डा. दिनेश भुजूलगतयतको रहेको नेकपा (एकीकृत समाजवादी) भक्तपुरले जनाएको छ ।
तर डा.दिनेश भुजूले भने आफू पार्टी प्रवेश नगरेको सामाजिक सञ्जाल फेसबुमा आफनो पार्टी प्रवेशको नामावली सार्वजनिक भएपछि बताएका छन् । उनले आफू कुनै पनि पार्टीमा प्रवेश नगरेको र स्वतन्त्र रुपमा रहेको बताएका छन् । हेर्नुहोस च्यात वार्तालापको फोटो
[[img3]]
नेकपा (एकीकृत समाजवादी) डा. दिनश भुजूसहितको पार्टीमा प्रवेश गर्नेहरु पनि नामावली दिएको छ । (हेर्नुहोस नावालीको फोटो)
[[img2]]
पार्टी प्रवेशको फोटोमा भने ओमचरण अमात्य देखिन्छन् । डा दिनेश भुजूलगायतका व्यक्तिहरु देखिंदैनन् । उनीहरुलाई पार्टी अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराएका थिए । सो पार्टीको भक्तपुर सचिव रामगोपाल चगुठीले बिहीबार उनीहरुलाई पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराइएको जानकारी दिएका थिए ।
फाेटाेमा हेर्नुहाेस्...