दिनेश भुजू, राजन सुवाल, ओमचरण अमात्यलगायतका नेताहरु माधवकुमार नेपालको नेकपा (समाजवादी) मा प्रवेश
मंसिर १६, २०७८, बिहीबार | दिउँसो ०२:३२ बजे | 55
भक्तपुर । नेपाल मजदुर किसान पार्टी परित्याग गरी माओवादी प्रवेश गरेका भक्तपुर केही पुराना चर्चित नेताहरुको झुण्ड नेकपा (समाजवादी) मा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरुमा नारायणप्रसाद वैद्य, न्हुच्छेबहादुर ढुकुछु, डा. दिनेश भुजु, डा. लक्ष्मी शिल्पकार, डा. राजन सुवाल, डा. प्रकाश सुवाल, डा. तिलक श्रेष्ठ, डा. अनुपमा अमात्य, इन्जिनियर रविन ढुकुछु, जयन्द्र अमात्य, ओमचरण अमात्यलगतयत छन्।
उनीहरुलाई पार्टी अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराएका थिए। सो पार्टीको भक्तपुर सचिव रामगोपाल चगुठीले बिहीबार उनीहरुलाई पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराइएको जानकारी दिए।