विकलको स्मृतिमा चित्रकला प्रतियोगिता सम्पन्न, विद्या सागरकी रुस्मा सेन्चुरी पहिलो


मंसिर १५, २०७८, बुधबार | दिउँसो ०२:३० बजे | 45


विकलको स्मृतिमा चित्रकला प्रतियोगिता सम्पन्न, विद्या सागरकी रुस्मा सेन्चुरी पहिलो

काठमाडौं । अब्बल चित्रकार समेत रहनु भएका विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा बुधवार राजधानीमा स्थलगत चित्रकला प्रतियोगिता आयोजना गरियो । अरुणिमा एजुकेशन फाउण्डेशनले गोकर्णेश्वर ९ स्थित नवअरुणिमा माविमा गरेको प्रतियोगितामा विद्या सागर स्कुलकी रुस्मा सेन्चुरी पहिलो भइन् । सोही विद्यालयकी अनिता डंगोल दोस्रो भइन् भने तेस्रो स्थान पाँच पोखरी मोडल स्कुलकी अम्बिका तामाङले हासिल गरिन् । सान्त्वना पुरस्कार ग्रिनतारा एकेडेमीकी एलिसा राईले पाइन् । विजयी विद्यार्थीहरूलाई ललितकला प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, अरुणिमा एजुकेशन फाउण्डेशनका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछाने, रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसे, अरुणिमा कलेजका प्रमुख केशव जोशी, नवअरूणिमा विद्याल व्यवस्थापन समितिका अध्यक्ष वसन्त रिजाल लगायतले ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो । ‘कोरोना कहर र मेरो गाउँघर’ शीर्षकको प्रतियोगितामा निर्णायकको भूमिकामा राजन काफ्ले र कुशल हमाल रहनु भएको थियो । प्रतियोगितामा कक्ष ६ देखि १०  सम्म अध्ययनरत विभिन्न १९ विद्यालयका ५५ जना छात्र छात्रा सहभागी थिए । वर्षेनी आयोजना गरिने प्रतियोगता संचालनका लागि अरुणिमा एजुकेशन फाउण्डेशनले एक लाख रुपैयाको अक्षयकोष स्थापना गरेको छ ।

Comments