भक्तपुरमा वेश्याबृति भइरहेको छ : प्रहरी
मंसिर १५, २०७८, बुधबार | विहान ११:१९ बजे | 70
भक्तपुर । भक्तपुर प्रहरीले भक्तपुरमा लुकिछिपी बेश्याबृति चलिरहेको बताएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले अनेक तरिकाबाट लुकिछिपी वेश्याबृति चलिरहेको जनाएका छन् ।
भक्तपुर चेम्वर अफ कमर्सले लैगिक हिसांविरुद्धको अभियान, व्यवसायिक क्षेत्रमा महिलाको सुरक्षा विषयमा बुधबार भक्तपुरमा भएको अन्तरक्रिया कार्यक्रममा उनले बेश्याबृतिका अनेक उपाय भएको खुलाए । एसपी श्रेष्ठले अपराधलाई लुकाउन सिधै पैसा नदिई बैकमार्फत पैसा टान्सफर हुने गरेको अनुसन्धानको क्रममा भेटिएको बताए ।
[[img2]]
वेश्याबृतिबारे जानकारी दिंदै उनले लेनदेनको आधारमा गरिएको यौन क्रियाकलाप वेश्याबृतिमा गनिने जनाए । कुनै लेनदेन नभई सहमतिको आधारमा भएको यौन क्रियाकलापलाई नेपालको कानुनले वेश्याबृति नमान्ने उनले जानकारी गराए । यौनहिंसाबारे जानकारी दिंदै उनले उमेर नपुगेका युवतीमाथि सहमतिमै यौन शोषण भए पनि त्यसलाई यौनहिंसा मानिने बताए । फाेटाेमा हेर्नुहाेस्...