अबैध दुईवटा भारतीय ट्रक धनगढीमा लुकाएको अबस्थामा फेला : सरोकारवाला मौन


मंसिर १५, २०७८, बुधबार | विहान ०६:२९ बजे | 50


अबैध दुईवटा भारतीय ट्रक धनगढीमा लुकाएको अबस्थामा फेला : सरोकारवाला मौन

महेश सिंह
सिरहा । भन्सार छली गरी नेपाल भित्रीएका अबैध दुईवटा भारतीय ट्रकहरु करिब एक बर्ष देखि सिरहामा लुकिछिपी कमाईखाने भाडोको रुपमा काम गरिरहेका छन् ।  
प्रहरी प्रशासन र केही नेताहरुको मिलोमतोमा उक्त ट्रक भन्सार छलेर  नेपाल भित्रिएको रहस्य खुलेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ९ स्थित मुसहर्निया टोलमा थन्किएर राखिएको  RJ19 E1428 र RJ06 EAO889   नम्बर  ९बोर्डिङ्ग गाड्ने ० दुई वटा ट्रक अहिले बेवारिस अवस्थामा छन्  ।
[[img2]]
नगरपालिकाका उपमेयर फुल कुमारी श्रेष्ठको घर छेउ नजिकै स्थानीय राजकुमार मोक्तानको खाली जग्गामा उक्त ट्रक थन्किएको छ । काम पाए काम गर्छन् ,नपाए थन्काएर राख्छन् ।
पत्रकारको एक टोलि स्थलगत रुपमा रिपोर्टिङ्ग गर्न पुग्दा उक्त ठाउँमा कोई भेटिएन । स्थानीयलाई समेत सवारी धनिको नाम थाहा छैन् । नाम नखोल्ने शर्तमा एक जना स्थानीयले भने  ट्रकहरुलाई संरक्षण गर्नमा ठूलो पहुँचवालाको संल्गनता रहेको छ , सत्य तथ्य छानवीनका लागि प्रहरी प्रशासनलाई अनुरोध गर्न चाहन्छु ।,
एक दिनको एउटा ट्रकको भन्सार शुल्क करिब  ३ हजार पर्छ , दुई वटा ट्रक रहेकोले दैनिक भन्सार शुल्क ६ हजार पर्ने भएको हुँदा मिलोमतोको आशन्का देखिएको स्थानीयले बताए ।

फाेटाेमा हेर्नुहाेस्...

अबैध दुईवटा भारतीय ट्रक धनगढीमा लुकाएको अबस्थामा फेला : सरोकारवाला मौन

Comments