राप्रपा अध्यक्षमा भिडन्त कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा
मंसिर १५, २०७८, बुधबार | विहान ०६:१८ बजे | 35
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षमा हाल सम्म दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाका अध्यक्ष समेत रहेका कमल थापा र राजेन्द्र लिङ्देनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
यस्तै उनीहरुको घोषणा सँगै डा। प्रकाशचन्द्र लोहनीले मंसिर १५ देखि हुने महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन् । डा. लोहनीले आफ्नो समर्थन राजेन्द्र लिङ्देनलाई हुने बताए । उनले अहिलेको तीनैजना अध्यक्षले दोहोर्याउन नहुने भन्दै नेतृत्व नयाँ पुस्तामा दिनुपर्ने बताउँदै आफूले समर्थन राजेन्द्र लिङ्देनलाई गरेका बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मंसिर १५ देखि हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिने भएका छन् । उनले आफूनिकट नेताहरुसँग आफू अध्यक्ष पदमा नउठ्ने बताएका छन् । जबरा निकट एक नेताका अनुसार उनले सोमबार साँझसम्म आफू अध्यक्षमा नउठ्ने औपचारिक घोषणा गर्नेछन् ।