आजदेखि भक्तपुर इन्टरनेशनल अस्पतालमा निःशुल्क उपचार सेवा सुरु


मंसिर १५, २०७८, बुधबार | विहान ०५:०९ बजे | 225


आजदेखि भक्तपुर इन्टरनेशनल अस्पतालमा निःशुल्क उपचार सेवा सुरु

उपचारमा सबैको पहुँच भन्ने नाराका साथ भक्तपुर इन्टरनेशनल अस्पतालले विभिन्न रोगको विशेषज्ञ डक्टरहरुबाट निःशुल्क सेवा सुरु गरेको छ । गरिव, असाहय, अनाथ तथा विपन्नहरुलाई लक्षित गर्दै बुधबारदेखि विभिन्न रोगको निःशुल्क उपचार सुरु भएको हो । यो सेवा यो वर्षको अन्तसम्म हुने जनाइएको छ ।
अस्पतालले एक बार एक सेवा दिने लक्ष्यका साथ सात दिन सात उपचार सेवा निःशुल्क प्रदान गर्न लागेको अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले जानकारी दिए । अस्पतालले प्रत्यक आइतबार हाड जोर्नी तथा नशारोग, सोमबार सर्जरी रोग र न्यूरो रोग, मंगलवार जनरल फिजिसिएन र स्त्रीरोग, बुधबार बालरोग, हाडजोर्नी तथा नशारोग र न्यूरो रोगको उपचार, बिहीबार नाक, कान तथा घाँटी र न्यूरो रोग, शुक्रबार मुटु रोगको उपचार र शनिवार मधुमेय रोगका सम्पूर्ण उपचार निःशुल्क गर्ने भएको छ ।
अस्पतालले उपचारमा सबैको पहुँच पुञ्याउने हेतुले विभिन्न बार विभिन्न विशेषज्ञ डक्टरहरुबाट निःशुल्क सेवा प्रदान गर्न लागेको अस्पतालका मेडिकल डाइरेक्टर रामकृष्ण श्रेष्ठले जानकारी दिए । ओपीडी सेवा अन्तर्गत सबैमा स्वास्थ्य पहुँच भन्ने नाराका साथ अस्पतालले विभिन्न वर्गका लागि निःशुल्क सेवा प्रदान गर्न लागेको हो ।
यो सेवा लिन कुनै शुुल्क नलाग्ने समेत अस्पताले जानकारी दिएको छ । प्रत्येक दिन विहान १० बजे देखि २ बजे सम्म बार अनुसार सेवा पाउन सकिने अस्पतालले जानकारी दिएको छ ।   

Comments