भक्तपुरमा पर्सिदेखि मतदाता नामावली संकलन हुने
मंसिर १५, २०७८, बुधबार | विहान ०४:५५ बजे | 30
भक्तपुर । भक्तपुरमा मंसिर १७ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ । निर्वाचन आयोगको निर्देशन र जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित राजनीतिक दलहरुसँग छलफल गरी यही मंसिर१७ गतेदेखि स्थानीय पालिकामै मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको हो।
जिल्लाका चार स्थानीय तह मध्ये पहिलो चरणमा मध्यपुर थिमि नगरपालिका र चाँगुनारायण नगरपालिकामा कार्यक्रम हुने जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुँवरले जानकारी दिए। । कार्यक्रमको दोस्रो चरण अन्तर्गत सूर्यविनायक नगरपालिकामा नामावली संकलन गरिने छ । भक्तपुर नगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाटै नामावली संकलन गरिने कुँवरले बताए।