भक्तपुरमा आँंखा, नाक, कान, घाँटी शिविर सम्पन्न
मंसिर १४, २०७८, मङ्गलबार | विहान १०:३४ बजे | 20
भक्तपुर । भक्तपुर लायन्स सेवा सम्वन्वय समितिबाट सन्चालित लायन्स आखा तथा मधुमेह सेवा केन्द्र सूर्यबिनायकको आयोजना र बि पि नेत्र प्रतिस्थापनको प्राबिधिक सहयोगमा मंगलबार आँंखा, नाक, कान, घाँटी शिविर सम्पन्न भएको छ । शिविरमा ६१ जनाले आखाको परीक्षण गराए । साथै ५७ जनाले नाक, कान, धाटीको परीषण गराएको आयोजक सेवा केन्द्रका संयोजक गोकुलप्रसाद प्रजापतिले जानकारी गराए । आखाको अप्रेशनको लागि चार जना र नाक, कान, धाटीको अप्रेसनका लागि नौ जनालाई बि पि प्रतिस्ठानमा रिफर गरियो । शिविरमा औषधि, चस्मा निः शुल्क बितरण गरिएको थियो ।