भक्तपुरको सभापतिमा दुलर्भ थापा निर्वाचित
मंसिर १४, २०७८, मङ्गलबार | विहान ०२:५७ बजे | 80
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको अधिवेशनबाट पार्टी सभापति पदमा दुर्लभ थापा निर्वाचित भएका छन् । सोमबार सम्मन्न मतदानको परिणाम अनुसार केन्द्रिय सभापति शेर बहादुर देउवा निकट थापाले ५ सय ५५ मत प्राप्त गरेर विजय हासिल गरेका हुुन्। उनका निकतम प्रतिद्धन्दि अष्ट कुमार कवेँले ४ सय ४२ मत ल्याएका थिए। अघिल्लो पटक पनि थापा र कवेँनै सभापति पदमा प्रतिस्पर्धी भएका थिए ।
उपसभापतिमा पनि थापा निकट समुहकै विजेश अवाल ५ सया २९ मत र उर्मिला वनले ५ सय १४ मत ल्याएर निर्वाचिन भएका छन्। त्यस्तै सचिवमा पनि सोही समुहकै शुसिल बस्नेतले ५ सय ५२ र राजेश खड्काले ४ सय ८५ मत पाएर बिजयी भए। सहसचिव पदमा सभापति थापा सुमहकै यादव प्रसाद अधिकारी ५ सय ७४ र कृष्ण मुरारी न्यौपानेले ५ सय १४ मत ल्याएर जित हासिल गरेका छन्। यो उनको दास्रो कार्यकाल हो ।