यीयी चुनिए भक्तपुरको मध्यपुर माओवादी कार्यसमितिमा


मंसिर १३, २०७८, सोमबार | विहान ०६:५६ बजे | 55


यीयी चुनिए भक्तपुरको मध्यपुर माओवादी कार्यसमितिमा

नेकपा माओबादी केन्द्रको मध्यपुर नगर अधिवेशनबाट नंया कार्यसमिति चयन भएको छ । आगामी कार्यकालका लागि नेकपा माओबादी केन्द्र मध्यपुर नगर कमिटीमा अध्यक्ष पदमा बिजय श्रेष्ठ, उपाध्यक्ष पदमा बिकेश श्रेष्ठ, भरत धों र क्षितिजराज चुनिए । त्यस्तै सचिब पदका लागि शिव श्रेष्ठ  एवंम सहसचिब पदमाकृष्ण प्रजापति र कोषाध्यक्ष पदमा जगतमाया प्रजापति मनोनित हुन भएको छ ।
यतिबेला देशैभरि नेकपा माओबादी केन्द्रको पालिका अधिवेशन चलिरहेको छ ।
मध्यपुर थिमिमा शनिवार भूमिशुधार, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठको प्रमुख आतिथ्यतामा मध्यपुर ४ स्थित बालकुमारी मन्दिर प्रांगणमा अधिवेशन उदघाटन भएको थियो ।


Comments