कार्डमा कर्मालय ९ को प्रारम्भ
मंसिर १२, २०७८, आइतबार | विहान ०५:५१ बजे | 35
भक्तपुर । कार्ड (सेन्टर फर एप्लाइड रिसर्च एण्ड रुरल डभेलपमेन्ट) नेपाल इन्जिनियरिङ कलेजमा अवस्थित विद्यार्थीहरुद्वारा विद्यार्थीहरूका निम्ति सचांलित मुनाफारहित सस्ंथा हो । यहाँ ग्रामिण क्षेत्रको विकास, आर्थिक सुधार र ग्रामिण ऊर्जामा टेवा पु¥याउने विद्यार्थीहरूको प्रयोगात्मक–अनसुन्धान तथा विकासका रचनात्मक गतिविधिहरुलाई प्रवर्धन गरिन्छ ।
यसले“सामाजिक–आर्थिक समस्याहरूको समाधान” विषयवस्तुमा आधारित रहेर “कर्मालय ९” नामक एक महिने कार्यशाला एवम् प्रतियोगिता संचालन गर्ने भएको छ । कर्मालय विभिन्न विषयवस्तुहरुमा रहेर आयोजित गरिने कार्डको एक वार्षिक कार्यक्रम हो । यहाँ सहभागीहरुलाई साझा मन्तव्य, प्रस्तुतीकरण, व्यापारिक ढाँचा, आर्थिक मूल्याङ्कन, आर्थिक योजना लगायतका विषयमा प्रशिक्षण दिइन्छ ।
संस्थाकी अध्यक्ष सुश्री सोनीया अधिकारीको नेतृत्वमा संचालन हुन गइरहेको उक्त कार्यक्रममा कार्डका उपाध्यक्ष कृष्णविक्रम शाह, संयोजक विजयान पुडासैनी, परियोजना संयोजक हिमाल दाहाल र सचिव तानीयां लामिछानेलगायतका कार्यकारी सदस्यहरुको मुख्य भुमीका रहने छ । सो कार्यक्रमलाई नेपाल इन्जिनियरिङ कलेजले साथ, सहयोग र समर्थन गर्ने छ । एक महिनासम्म चल्ने उक्त कार्यक्रममा कर्मालयले सहभागीहरुको निम्ती साथ, सहयोग र विभिन्न तालिम उपल्ब्ध गराउने छ । सो तालिमले सहभागीहरुलाई आफ्नो सृजनात्मक कला वास्तविकतामा बदल्न मदत पुर्याउने छ । विगत पन्ध्र वर्षदेखी कर्मालय १, कर्मालय २( ग्रामिण विकासको लागी वैकल्पीक ऊर्जा), कर्मालय ३ (गरिवी निवारणको लागी प्रविधि), कर्मालय ४ (हाइव्रिड प्रविधि), कर्मालय ५ (जीवनका लागी खोज र अनुसन्धान), कर्मालय ६ ( खोज सृजना तथा अनुसन्धान), कर्मालय ७ (संभाव्यताको पूर्ण विश्लेषण), कर्मालय ८ (भविष्यको सृजना) सु–सम्पन्न गरी धेरै विद्यार्थीहरुलाई खोज तथा अनुसन्धानमा टेवा पु¥याइरहेको छ ।
यस वर्षको कर्मालय ९ को नारा भने “परिवर्तनको लागी सृजना” रहेको छ । गत मंसिर ९ गतेबाट कार्डले कर्मालय ९ को पहिलो सत्र सुचारु गरेको छ । सो सत्रमा ३०–४० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालीका सुश्री सुरक्षा कुइँकेलले कार्ड र यसले गर्दै आएका विभिन्न प्रतियोगिताबारे विश्लेष्ण गर्नुभएको थियो । त्यसैगरी श्री सुमित पौडेलले सहभागीहरुलाई भिडियो सम्पादन तालिम समेत दिनुभएको थियो । सोहि सत्रको अन्त्यमा सहभागीहरुले कार्डको क्रियाकलापहरु बारे रामो्र जानकारी पाएको र आगामी सत्रहरुको लागी उत्सुक रहेको बताए ।