नेकपा माओवादी केन्द्र रोशी गाउँ कमिटीको अध्यक्षमा रेग्मी सर्वसम्मत निर्वाचित


मंसिर १२, २०७८, आइतबार | विहान ०३:०८ बजे | 60


नेकपा माओवादी केन्द्र रोशी गाउँ कमिटीको अध्यक्षमा रेग्मी सर्वसम्मत निर्वाचित

नेकपा माओवादी केन्द्र रोशी गाउँ कमिटीले आयोजना गरेको दोस्रो गाउँ सम्मेलन आज काभ्रेको कटुब्जेबेशीँमा सम्पन्न भएको छ । सो सम्मेलनबाट सर्वसम्मत रुपमा डिल्ली प्रसाद रेग्मीको नेतृत्वमा ५५ सदस्यीय रोशी गाउँ कमिटीको गठन गरिएको छ ।

सो कमिटी गठन गरिएसंगै नेकपा माओवादी केन्द्र रोशी गाउँपालिकाको अबको अध्यक्षमा डिल्ली प्रसाद रेग्मी , उपाध्यक्षमा फुर्साङ तामाङ,नरबहादुर वाइबा र प्रकाश लामा त्यसैगरी सचिवमा मानवीर लामा , सहसचिवमा हस्त लामा र कोषाध्यक्षमा भोला मैनाली सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

बन्दसत्रको समयमा बन्दसत्र हलभित्र केही विवादहरु देखिएता पनि अन्ततः नेकपा माओवादी केन्द्र रोशी गाउँ कमिटीले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।

Comments