सांगीतिक अभियानकर्ताले गरै सूर्यविनायकमा रक्तदान


मंसिर ११, २०७८, शनिबार | विहान १०:०६ बजे | 55


सांगीतिक अभियानकर्ताले गरै सूर्यविनायकमा रक्तदान

भक्तपुर । सांगीतिक अभियानकर्ता भक्तपुर सांगीतिक समाजको पाँचौ स्थापना दिवसको अवसर पारेर भक्तपुर सुर्यबिनायकमा शनिबार रक्तदान कार्यक्रम कार्यक्रम भएको छ । २०७४ मंसिर १२ गते आफ्नो औपचारिक सुरुवात गरेको भक्तपुर सांगीतिक समाजको स्थापना दिवसलाई यसवर्ष समाजको भलोसमेतको उद्देश्य लिएर रक्तदान कार्यक्रम गरेको समाजले जनाएको छ ।
भक्तपुर सांगीतिक समाजको यो सामाजिक उत्तरदायित्व निर्वाह कार्यमा राग रागीनी इन्टरटेण्ट्मेन्ट प्रा. लि. सल्लाघारी भक्तपुर र न्हेस त्वः अजिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सूर्यबिनायक भक्तपुरले सहयोग गरेको थियो ।साथै प्रचारप्रसार सहयोगको लागि मिडिया पार्ट्नरको भूमिकामा एबिसिडी खबर अनलाइन भक्तपुरले हातेमालो रहेको थियो । कार्यक्रममा सहयोगी मन भएका २५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
कार्यक्रमलाई रोचक बनाउन विभिन्न कलाकारहरुले आफ्नो सहभागीता र गीत संगीत प्रस्तुत गरेका थिए । गायकहरु राजेसमान के. सी, कपिल कसपाल, बिजेन्द्र चवाल, प्रबिन शाही, बिनोदराज ढुङेल, श्रीजल मधिकर्मीले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए भने रक्तदाताहरुको हौसला बढाउन बरिस्ठ गीतकार शुभाषचन्द्र ढुङेल, गायक अजर जंगम, साश्त्रीय गायक सुनिल लोहला, संगीतकार हेम लामा र सुमन रंजीतकार, त्यसै गरेर साहित्यकार अनिश शाक्यसहित संचारकर्मी मतिना लिबि, रेणु त्वायनाबासुलगायतले सहयोग गरेका थिए ।

Comments