पर्सिदेखि सवारी चालक अनुमतीपत्रको नवीकरण हुने


मंसिर १०, २०७८, शुक्रबार | विहान ०९:२८ बजे | 50


पर्सिदेखि सवारी चालक अनुमतीपत्रको नवीकरण हुने

यातायात व्यवस्था सेवा कार्यालय भरतपुर चितवनले मंसिर पाँंच गतेबाट सवारी चालक अनुमतीपत्र सम्बन्धी नविकरणको कार्य प्रारम्भ गरेकोमा आइतबारबाट नियमित सेवा सूचारू गर्न लागेको छ । कार्यालयले सूचना जारी गरेर त्यसकारण स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीहरूले कार्यालयको बेवसाइटमा गई त्यहाँ रहेको भेटघाट ब्यवस्थापन प्रणाली मार्फत इ टोकन लिई उक्त टोकनमा उल्लेख गरेको मिति र समयमा यस कार्यालयमा उपस्थित भई आफ्नो सवारीचालक अनुमतीपत्र नविकरण गर्न सक्ने जनाएको छ । साथै पेपर कार्ड सवारीचालक अनुमतीपत्र भएका सेवाग्राहीहरूको हकमा सवारीचालक अनुमतीपत्र शुरू जारी गर्ने कार्यालयमा स्वयं उपस्थित भई सम्पूर्ण विवरण अध्यावधिक भए मात्र कार्यालयबाट नविकरण गर्न सकिने जनाएको छ ।

Comments