एमालेका नेता तथा कार्यकर्ताले चितवनको विकास देख्नेछन् : नेतृ पुनम यादव
मंसिर १०, २०७८, शुक्रबार | विहान ०४:२४ बजे | 50
अहिले चितवन जिल्ला राजनीतिक चर्चाको केन्द्रबिन्दुमा छ । केही दिन अगाडि सिपी मैनाली नेतृत्वको नेकपा ९माले० को महाधिवेशन चितवनमै भयो । शुक्रवारबाट नेकपा ९एमाले० को दशौं महाधिवेशन पनि चितवनमै हुँदैछ । एमालेले महाधिवेशनका लागि चितवन रोज्नुलाई विभिन्न रुपमा अर्थ्याइएको छ । पुष्पकमल दाहाल प्रचण्डको बलियो पकड मानिने चितवनमा एमालेले महाधिवेशन गर्नुलाई माओवादी पंक्तिले भने चितवनको विकासलाई मुख्य कारण मानेका छन् ।
अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० की केन्द्रीय सदस्य तथा रौतहट जिल्लाकी प्रभावशाली नेतृ पुनम यादवले एमालेले चितवनको विकासले देखेर आफ्नो दशौं महाधिवेशनका लागि उक्त स्थान रोजेको दाबी गरेकी छन् । एमालेको उद्घाटन सत्रमा देशभरबाट उपस्थिति हुने ४० प्रतिशत मात्र एमालेको कार्यकर्ता हुने र ६० प्रतिशत चितवनको विकास हेर्न आउने उनको भनाई छ ।
नेतृ यादवले भनिन्, ‘भक्तपुर महानगरपालिकालाई मेयर रेणु दाहालले संसारकै नमुना महानगर बनाउनुभएको छ । अहिले चितवनले बाह्य र आन्तरिक पर्यटकलाई मात्र आकर्षित गरेको छैन, अधिकांश राजनीतिक दलहरुको पनि यही नजर परेको छ । एमालेका नेता तथा कार्यकर्ताले यसपटक रेणु दाहालले बनाएको नुमना महानगरपालिका हेरेर जानेछन् । यो खुसीको कुरा हो ।’
नेतृ यादव भक्तपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई संसारकै सफल र उदाहरणीय मेयर भन्न रुचाउँछिन् । उनी अगाडि भन्छिन्, ‘चितवनमा जस्तो विकासको लहर अहिले कुनै पनि महानगर, उपमहानगरमा भएको छैन । दिनरात चितवनको विकासका लागि रेणु दाहाल खटिरहनुभएको छ । उहाँले आफ्नो कार्यकालमा चितवनलाई थप गर्व गर्न लायकको महानगर बनाउनुहुनेछ ।’