सूर्यविनायकमा शनिबार सांगितिक कार्यक्रम हुने


मंसिर ९, २०७८, बिहीबार | दिउँसो ०३:०४ बजे | 40


सूर्यविनायकमा शनिबार सांगितिक कार्यक्रम हुने

भक्तपुर । भक्तपुर सांगितिक समाजको आयोजना र राग रागीनी इन्टरटेन्मेन्ट प्रालिको सहआयोजनामा शनिबार भक्तपुरको सूर्यविनायकमा बृहत खुल्ला रक्तदान तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । भक्तपुर सांगितिक समाजको पाँंचौ स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम हुन लागेको कार्यक्रम संयोजक कपिल कसपालले बताए ।
कार्यक्रमको मिडिया पार्टनरको रुपमा एवीसीडी खवर रहेको छ । कार्यक्रम विहान ८ बजेदेखि हुने जनाइएको छ । कार्यक्रम सूर्यविनायकको एनसीसी बैंक अगाडि हुनेछ । कार्यक्रमको सहव्यवस्थापकमा न्हेस त्वः अजिमा साकोस रहेको जनाइएको छ । रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुरले सहयोग गर्ने जनाइएको छ ।  

Comments