काँंग्रेस विवाद ः कसले र किन निकालियो प्रेस विज्ञप्ति ?
मंसिर ८, २०७८, बुधबार | दिउँसो ०२:३३ बजे | 35
भक्तपुर । भक्तपुर क्षेत्र नं. १ मा पुनः मतदान गर्न कांग्रेस संस्थापन इत्तर समूहले माग गरेको छ । मंगलबार भएको क्षेत्रीय समितिको निर्वाचनमा संस्थापन समूहले एक पक्षीय रुपमा मतगणना गरेको भन्दै संस्थापन इत्तर समूहले प्रेस विज्ञप्ति पुनः मतदान गर्न माग गरेको हो ।
क्षेत्र नं. १ का क्षेत्रीय सभापतिका उम्मेदवार उद्धव खड्का र केन्द्रिय महाधिवेशन प्रतिनिधिका उम्मेदवार एवं नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य विनोदप्रकाश कायष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु हुन लागेको बेलामा बागमति प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भडेलको नेतृत्वमा केही व्यक्तिहरुले होहल्ला गरी मतगणनामा अवरोध पु¥याइ हो हल्ला, नाराबाजी र झडप हुने अवस्था आएपछि इत्तर समूहले मतगणना स्थगित गरी बुधबार बिहान पुनः छलफल गरी मतगणना गर्न पटकपटक मतदान अधिकृतलाई मौखिक अनुरोध गरी जिल्ला निर्वाचन अधिकृत बरिष्ठ अधिबक्ता मुकुन्द शर्मा पौडेललाई दजनौं पटक सम्पर्क गर्दा सम्पर्क नभएपछि राति १० बजे इत्तर समूहका प्रतिनिधी बाहिरिएका थिए ।
नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ कोदफा नं. २ (६) बमोजिम मतगणना गर्दा व्यवस्थित रुपमा सम्बन्धित उम्मेदवारहरु वा निजको बारेसको रोहवरमा गर्नुपर्छ भन्ने स्पष्ट व्यहोरा हुँदाहुँदै पनि इत्तर समूहको कुनै उम्मेदवार तथा वारेस नराखी एकपक्षीय ढंगबाट मतगणना गरी निर्वाचन परिणाम घोषणा गरेकोले उक्त मतगणनाको परिणाम बदर गरी पुनः मतदान गर्न इत्तर समूहले माग गरेको छ ।