नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा विजयी अनिल भुजू को हुन् ?
मंसिर ८, २०७८, बुधबार | दिउँसो १२:५२ बजे | 30
नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं १ महाधिवेशन प्रतिनिधि (खुल्लातर्फ पदका विजयी) व्यक्ति हुन् अनिल भुजु । उनी को हुन् र उनलाई यो किन जिते भन्ने विषयमा छलफल हँदा धेरै जना भन्छन्, उनी राजनिति संलग्नता २०४६ सालको जनआन्दोलनदेखि सक्रिय सहभागिता हुर्दै आएका थिए। त्यसपश्चात उनले राजनितिमा निरन्तरता दिर्दै आएका छन्। त्यसकारण उनको निरन्तर सक्रियताकै कारण उनी जित हासिल गर्न सफल भए ।
उनले २०५३ सालदेखि पदीय जिम्मेवारी समाल्दै आएका थिए। उनले गएको ०५३ सालमा भक्तपुर बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघ इकाई सचिव र सोही २०५३ साल स्वतन्त्र विद्यार्थी यूनियन सचिव भएका थिए। त्यस्तै उनले २०५६ साल ने. वि. एव जिल्ला सचिव भएका थिए। सचिवको पद समाल्दै गर्दा उनले ०५९ सालमा नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्षको पद समालेको थिए। बाल मन्दिर प्रा.वि. व्यवस्थापन अध्यक्ष भएर कार्यभार समालेका थिए।
एनले ने.वि संघ केन्द्रिय समाजिक खेलकुद शिक्षा विभाग सचिव, त्यसपछि २०६२ साल नेपाली कांग्र्स नगर सचिव, पार्टी एकीकरणपछि एकता अधिबेशनमा नेपाली कांग्रेस भक्तपुर नगर समितिको सचिवमा निर्वाचित भएका थिए। २०६९–२०७४ सालमा ने.वि.संघ केन्द्रिय सदस्य गरिबसंग विश्वेश्वर कार्यक्रम भक्तपुर जिल्ला संयोजक भएका कार्यभार समाहेका थिए।
२०७२ नेपाल एथ्लेटिक्स संघ जिल्ला सचिव, उपाध्यक्ष हाल नेपाल बाल संगठन भक्तपुर जिल्ला सदस्य २०५६ हुदैँ उपसभापति २०७४ नेपाल बाल संगठन सभापति, नेपाली कांग्रेस ने.वि संघद्धारा आब्हान गरिएको विभिन्न अन्दोलनमा पटक पटक प्रहरी हिरासतमा बसेका थिए। अहिले उनले नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन जिल्ला समिति कोषाध्यक्षको पद समालिरहेका छन्।
काँग्रेश बलियो उपस्थितिको लागि युवा कसरी आर्कषण गर्नेबारे कार्यक्रमहरु बनाउने योजना रहेको उनले सुनाए। राजनितिबारै युवाहरुले राम्रोसंग बुझेका छैनन्, उनीहरुलाई राम्रोसंग राजनितिबारे बुझाएर राजनितिमा युवाहरुलाई समाबेश गर्ने योजना लिएको उनले बताए। जराबाट नै राम्रो भए मात्र टुप्पो रामा्रे हुन्छ, त्यहि भएर अहिलेको काग्रेशको जरा भनेको नगर सभापति हो, उनले भने। नगर सभापति राम्रो जिम्मेबार भएको खण्डमा क्षेत्रिय,जिल्ला, केन्द्रमा यतिकै राम्रो पदाधिकारीहरु हुर्दै जाने उनको विश्वास छ। नगर सभापति पदको लागि मात्र नभई आफूले गर्ने सकिने सबै गर्ने योजना राखेको उनी सुनाउँछन्।
फेरी अर्को कुरा पदको लागि पैसा धेरै खर्च गरेर वा पद पाएपछि आफ्नो लागि मात्र सोच्ने व्यक्ति होइन् म, उनले भने। सबैलाई हित हुने र देशको लागि केही गर्ने सोच रखेको व्यक्ति हु, थपे उनले।
अहिले भक्तपुरमा धेरै आकंक्षीहरु छन्। तर आकंक्षीहरुको तुलनामा उनी सबभन्दा बढी अनुभवी भएको उनको दावी छ। उनले यो वर्ष आकंक्षीमा धेरै हुनेको कारण पहिला जस्तै धेरै पद नभई लिमिटेड पद भएका कारण आकंक्षीहरु बढेको उनको भनाई छ। उनले अरुजस्तो पदको लागि भए नभएको चर्चा गरेर पद पाउन खोजेका छैनन्।
अनिल भुजु को हुन् ?
जन्म २०३६ असार १३
पिताः
नारायण भक्त भूजू (प्रजातन्त्र सेनानी)
आमाः केशरी भुजु
कांग्रेस सा्रेत ः विष्णु भक्त भूजु
शिक्षाः आइ ए