लायन्स आँंखा तथा मधुमेह सेवा केन्द्रद्धारा स्वास्थ्य शिविर सम्पन्न
मंसिर ७, २०७८, मङ्गलबार | दिउँसो १२:३८ बजे | 60
मध्यपुर थिमि । भक्तपुर लायन्स सेवा समन्वय समितिद्धारा सञ्चालित लायन्स आँंखा तथा मधुमेह सेवा केन्द्र लायन्स गल्ली भुँंलाचा भक्तपुरको आयोजनामा मंगलबार एकदिने आँंखा, नाक, कान तथा घाँंटी शिविर भक्तपुरको मध्यपुर थिमि दुईपोखरीमा सम्पन्न भयो । शिविरमा एक सय ५१ जनाले आँंखाको जाँंच गराएका छन् । यसमा आँंखाको मोतियाविन्दु १५ जनाको गर्नुपर्ने भएको जनाइएको छ । शिविरबाट एक सय २१ जनाले नाक, कान र घांँंटी जचाएका छन् । त्यसमध्ये १२ जनाको अप्रेशन गर्नुपर्ने भएको जानकारी गराइएको छ । उनीहरु सवैलाई विपि नेत्र प्रतिष्ठानमा रिफर गरिएको जनाइएको छ ।
भक्तपुर चेम्वर अफ कमर्सको सहकार्य, स्थानीय नवरत्न इगलिश स्कुलको आयोजनामा शिविर भएको हो । शिविरका लागि विपि नेत्र प्रतिष्ठानले प्राविधिक सहयोग गरेको थियो ।