डा इन्दुल केसीको संयोजकत्वमा अनुसन्धान गर्न उपसमिति गठन
मंसिर ७, २०७८, मङ्गलबार | विहान ०९:४३ बजे | 55
काठमाडौं । रुसलगायत युरोपियन मुलुकहरुमा हिन्दु धर्मको प्रभाव र विस्तारबारे अनुसन्धान गर्न अनुसन्धान उपसमिति गठन गरिएको छ । शव्दयात्रा प्रकाशन बनेपाले डा इन्दुल केसीको अध्यक्षतामा उपसमिति गठन गरिएको हो । उपसमितिको महासचिवमा साहित्यकार पदम दाहाल, सहसचिबमा प्रोफेसर जीवनाथ अधिकारी, कोषाध्यक्ष अटिडर्स सुनिल सापकोटा र सदस्यहरुमा लेखक पशुपतिमान पोमा र पत्रकार कृष्ण किसी रहेका छन् ।
यसअघि शव्दयात्रा प्रकाशन बनेपाले अनुसन्धान कार्यको तयारीका लागि बैठक बसेको थियो । बैठकमा शव्दयात्रा प्रकाशन बनेपाका अध्यक्ष हरि मञ्जुश्रीले अमेरिका र युरोपियन भूभागमा हिन्दु धर्मको संकेत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यसअघि डा इन्दुल केसीलाई अनुसन्धान निर्देशकमा नियुक्त गरिएको थियो ।