७१ जनाको आँखा परीक्षण
मंसिर ६, २०७८, सोमबार | दिउँसो ०२:२७ बजे | 60
भक्तपुर । लकडाउनका कारण २०७७ चैत्रदेखि बन्द रहेको आँखा क्लिनिक पुनः सञ्चालनको शुभारम्भ स्वरूप सोमबार भक्तपुरको राममन्दिरमा भयो । त्रिविवि, शिक्षण अस्पतालका आँखा विशेषज्ञहरूको सहभागीतामा राममन्दिरस्थित शान्ति निकेतन मा.वि.मा निःशुल्क आँखा शिविर सम्पन्न भयो । शिविरमा ७१ जनाले आँखा परीक्षण गराएका थिए । परीक्षण गराइएकामध्ये ८ जनामा मोतिविन्दु देखिएको थियो । मोतिविन्दु देखिएका विरामीहरूको निःशुल्क अपरेसन हुनेछ । शिविर व्यवस्थापनमा शान्ति निकेतन मा.वि.का शिक्षक विद्यार्थीले सहयोग गरेका थिए । विगत ३८ वर्ष (२०४२÷७÷२२) देखि राममन्दिरमा सञ्चालनमा रहेको आँखा क्लिनिक अब प्रत्येक हप्ता सोमबार बिहान १०.३० बजेदेखि १२.३० बजेसम्म पुनःसञ्चालन हुने जानकारी प्राप्त भएको छ ।