नेपाल स्काउटको तीनदिने अभिमुखीकरण कार्यक्रम एभरेष्ट स्कुलमा सुरु


साउन ८, २०७७, बिहीबार | विहान ११:४४ बजे | 70


भक्तपुर । नेपाल स्काउट जिल्ला स्काउट कार्यालय भक्तपुरको आयोजनामा एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका स्काउटहरुको लागि बिहीबारदेखि सुरु भएको तीनदिने कोभिड १९ अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । नेपाल स्काउट जिल्ला स्काउट कार्यालय भक्तपुरको आयोजनामा भएको यो दोश्रो अभिमुखीकरण कार्यक्रम हो । यसअघि चाँंगुनारायण नगरपालिका वडा नं ३ स्थित फुल ब्राइट इगलिश स्कुलमा पहिलो तीनदिने अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।
[[img2]]
अभिमुखीकरण कार्यक्रमको उदघाटन समारोहमा सहभागी वक्ताहरुले कोरोना हिरोका रुपमा परिचित भक्तपुरका राजेश गाइजू र अरुण सैंजू मुलुककै हिरो भएको एक कार्यक्रमका सहभागीहरुले बताए । नेपालमै पहिलो पटक कोरोनाबाट धुलिखेल अस्पताल काभ्रेमा मृत्यु भएकी सुत्केरी महिलाको शव उठाउने र दाहसंस्कारमा संलग्न दुई साहसी यी युवा नेपालकै हिरो भएको उनीहरुले बताए । नेपालकै पहिलो कोरोनाबाट मृत्यु भएकी ती सुत्केरी महिलाको शवबाट उनकै परिवारका सदस्य नै शव उठाउन डराइरहेको बेला शव उठाउन र दाहसंस्कार गरिदिएका यी दुई युवाले देखाएको अदम्य साहसको सवैतिबारबाट त्यतिबेला प्रशंशा भएको भन्दै उनीहरुले राम्रो काम गर्नेलाई सवै राम्रै रुपमा हेर्नुपर्ने बताए । उनीहरुले यस्तो साहसी युवाहरुलाई देशले सधैं सम्झिरहने र सम्मान गर्नुपर्ने खाँंचो औल्याए ।
[[img3]]
नेपाल स्काउट भक्तपुरका प्रमुख आयुक्त रामगोपाल कर्माचार्यले यी दुई बाहेक उनीहरुको समूहमा सहभागी न्हुज किज, पुनम कर्माचार्य पनि स्काउट मात्रै मात्रै गौरबका व्यक्तित्व नभई देशकै लागि गौरबका व्यक्तित्व रहेको चर्चा गरे । स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले लकडाउन खुलेपछि कोरोनाबारे झन सतर्क हुनुपर्ने खाँंचो औंल्याए । लकडाउन खुलको अवस्था रहेको तर कोभिड हराएको अवस्था नरहेकोले यसको सचेतनाका लागि कार्यक्रम गरेको जनाइएको छ । कार्यक्रममा अच्युत प्रजापति पवन बललगायतले बोलेका थिए । तीनदिने तालिममा कोरोना हिरो राजेश गाइजू, नेपाल प्रहरीलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।  

फाेटाेमा हेर्नुहाेस्...

Comments