न्यायालय विवादबारे भक्तपुरमा अन्तरक्रिया
मंसिर ३, २०७८, शुक्रबार | दिउँसो ०२:२९ बजे | 45
भक्तपुर । कानुन अध्ययन समाज नेपालको आयोजनामा शुक्रबार भक्तपुरमा वर्तमान राजनीतिक स्थिति तथा न्यायपालिकामा देखिएको संकट विषयमा विचार गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । गोष्ठीमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, पूर्व न्यायाधीस गौरीबहादुर कार्की, आयोजक कानुन अध्ययन समाज नेपालका अध्यक्ष रामप्रसाद प्रजापति, उपाध्यक्ष अनिता जधारीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा उनीहरुले न्यायाधिसमा ठूला दलहरुको भागगन्डा नै वर्तमान समस्याका कारक रहेको बताए । हरेक क्षेत्रमा भएको भागवन्डा नै भविष्यमा यसरी नै समस्या निम्त्याउने उनीहरुले बताएका थिए ।