के चुपिंघाट क्षेत्रको श्री कृष्ण मन्दिर भजन घर बनाउन मिल्छ ?


मंसिर ३, २०७८, शुक्रबार | विहान १०:२५ बजे | 100


के चुपिंघाट क्षेत्रको श्री कृष्ण मन्दिर भजन घर बनाउन मिल्छ ?

भक्तपुर । दशकौदेखि अलपत्र अवस्थामा रहेको भक्तपुरको ऐतिहासिक चुपिंघाट क्षेत्रभित्रको ऐतिहासिक श्री कृष्ण मन्दिर भजन घर पुनःनिर्माण हुने भएको छ । यससँंगै व्यक्तिको नाममा रहेको जग्गाभित्र के विना नक्सा यतिकै भबन बनाउन मिल्छ भन्ने चर्चा हुन थालेको छ । भक्तपुर नगरपालिका वडा नं ५ स्थित प्रसिद्ध विस्केट जात्रास्थलको छेउमा रहेको यो भजन घर दसकौदेखि जीर्ण अवस्थामा रहेको थियो ।
प्रदेश नं ३ बाग्मति प्रदेश सरकारबाट प्राप्त रकमबाट डेढतल्ला हुने गरी भजन घर पुनःनिर्माण हुन लागेको हो । भजन घरको एक कार्यक्रमवीच बाग्मति प्रदेशका पूर्व उद्योग, पर्यटन एवं वन तथा वातावरण मन्त्रालयकी पूर्व राज्यमन्त्री सरस्वती बाटीले शिलान्यास गरेकी छन् । त्यस अवसरमा प्रदेश सांसद बाटीले ऐतिहासिक सम्पदाको संरक्षणमा आफूले सक्दो सहयोग गर्ने वचन दिइन् । उनले ऐतिहासिक सम्पदालाई जोगाइराख्नुपर्नेमा पनि जोड दिइन् ।
प्रदेश नं ३ बागमति प्रदेशबाट प्राप्त १२ लाख रकमबाट भजन घरको पुननिर्माण गर्न लागिएको जनाइएको छ । खोला छेउमै रहेको भजन घर जहिले पनि असारको वाढी वाढीले पूरै डुवानमा पर्ने भएकाले यो पटक माथि उठाएर पुननिर्माण गरिने जनाइएको छ । भबनलाई ढलान गरी नभई पुरातात्विक तरिकाबाट नै बनाइने जनाइएको छ । घजन घर ४२ फिट लम्वाई र १७ फिट चौडाईको क्षेत्रफलमा फैलिएको छ ।
दरवार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले भक्तपुरको धेरै सम्पदाहरु जोगाइराखेको भए पनि चुपिंघाटा क्षेत्र वेवास्तामा परेको बताइन् । ढिलै भए पनि भजन घर बनाउन थालिएकोमा उनले खुशीसमेत साटिन् । भजन घर ठेक्कामा बनाइने जनाइएको छ ।
भजन घर बनाउन लागिए पनि पूरै चुपिंघाट क्षेत्र अलपत्र परेकोमा स्थानीले दुःख व्यक्त गरेका छन् । स्थानीय श्री कृष्ण राश भजन मण्डलका अध्यक्ष केशव नारायण गणेजूले चुपिंघाटमा अवस्थित चुपिंघाट क्षेत्रभित्र परेका महादेव, नारायण मन्दिर तथा अन्य विभिन्न मन्दिरहरु भत्किएको वर्षाै भए पनि कसैले पनि वास्ता नगरेको भन्दै दुःख जनाए । श्रीकृष्ण मन्दिरलाई स्थानीय महानुभाबहरुले नारायण लिविको संयोजकत्वमा कृष्ण शाख, गोविन्द धौभडेल र पुरुषोतम जोशी तथा अन्य महानुभाबहरु मिलेर २०५८ सालदेखि सत्संघ भजन गर्दै आएको जानकारी उनले गराए ।
यहाँं भजन गर्न भक्तपुरभरिबाट दैनिक वुढाबढीहरु विहान र बेलुकी आउने गरेका छन् । तर यसको अवस्था नाजुक हुँंदा असाध्यै समस्यामा परेका थिए । उनीहरुका अुनसार विशेष गरेर खोला छेउमा भएको एकतल्ले भजन घरलाई जहिले पनि वर्खामा बाढी आयो कि डुवाउन गर्दछ । यसले गर्दा भजन घरमा भएका सवै हार्माेनियम, मादल, तवलालगायतका वाद्यवादनहरु भिजेर विग्रने गरेका थिए ।
वेवास्तामा परेका कारण अहिले पनि चुपिंघाट क्षेत्र सवैतिर घाँंसे मैदान जस्तै बनेको छ । खोल छेउ रहेको ठूलौ क्षेत्रफलमा रहेको क्षेत्र र त्यस आसपासमा रहेका मठमन्दिर, भजनघर सवै घाँसले छोपिएका छन् । मठमन्दिरहरु भत्केका अवस्थामा छन् । धेरै ढुंगाका देवताहरु हराइसकेका छन् ।
स्थानीयका अनुसार ऐतिहासिक यस ठाउँमा दैनिक भजन गाउनुका साथै वर्षैपिच्छे कृष्ण जन्माष्टमी, महाविशरात्री, साउन महिनामा राधाकृष्णका झुला तथा अन्य महत्वपूर्ण पर्वहरुमा विशेष भजन कीर्तन र पुजा हुँदै आएको छ । ऐतिहासिक यो ठाउँंलाई सुन्दर बनाउन सेके यो पनि एउटा पर्यटकीय आकर्षणको सम्भावित केन्द्र हुनसक्ने उनीहरुको बुझाई रहेको छ ।
चुपिंघाटको यही बाटो भएर प्रत्येक वर्ष वैशाख १ गते विस्केजा जात्राको क्रममा हनुमन्ते खोलामा ठूलो मेलाल लाग्ने गर्दछ । तर उक्त बाटो अहिले जानै नहुने गरी झारपातले भरिएका छन् ।
क्याप्सन
पुननिर्माण हुन लागेको चपिंघाट क्षेत्रस्थित श्री कृष्ण मन्दिर भजन घर ।    









Comments