नेकपा (विप्लव समूह) का ललितपुर महानगर ईन्चार्ज पक्राउ ।
साउन ८, २०७७, बिहीबार | विहान ०८:०८ बजे | 35
नेकपा (विप्लव समूह) का ललितपुर महानगर ईन्चार्ज पक्राउ ।
ललितपुर । नेवाः समुदायलाई उक्साउने किसिमको प्रेस विज्ञप्ती प्रकाशित गरी एक आपसमा सद्भाव कायम गरी वसेको विभिन्न जातजाति एवं सम्प्रदायविचको सुमधुर सम्वन्धलाई खलल पार्ने किसिमले उक्साउने, नभए नगरेको कुराहरुको अफवाह फैलाउने, प्रचार प्रसार गर्ने जस्ता कार्यहरुमा संलग्न रहेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का ललितपुर जिल्ला ललितपुर महानगरपालिका ईन्चार्ज वज्र भन्ने महेश वज्राचार्यलाई मिति २०७७।०४।०६ गते दिउँसो अं.१३स्३० वजेको समयमा ललितपुर जिल्ला ल.पु.म.न.पा. वडा नं. १६ सोठ गणेश मन्दिर नजिकबाट पक्राउ गरी झुट्टा अफवाह फैलाउन नहुने कसुर मुद्धामा अनुसन्धान भईरहेको ।