भक्तपुरमा दैनिक ठाउँठाउँमा जाम, सर्वसाधारण हैरान


मंसिर २, २०७८, बिहीबार | दिउँसो ०२:२३ बजे | 65


भक्तपुरमा  दैनिक  ठाउँठाउँमा जाम, सर्वसाधारण हैरान

कुमार लघु
भक्तपुरको ठाउँठाउँमा मोटर,मोटर साइकल र यातायात जाम हुने गरेको छ । यसले कार्यालय, स्कूल ,कम्पनीमा जाने र क्याम्पसमा पुग्नुपर्नेहरूलाई असजिलो भएको छ । जाम भयो कि १५ मिनेट २० मिनेट ढिलो भै हाल्छन् । यसरी यातायातको साधनमा जानेलाई झन्झट र असजिलो भएको सर्व साधारणहरूको माझमा प्रष्ट नै छन् । यता भक्तपुरमा पनि जाम भयो भनेर धेरै अगाडिदेखि सुनेर वसेका अफिसहरूको ध्यान खिच्न खोजेको छ । सकिन्छ भोलिदेखि नै सम्वन्धित निकायको ध्यान पुगोस् ।
विहानै अलि छिट्टो ननिस्के कमल विनायकमा जाम, त्यहाँवाट देकोचामा, माहालक्ष्मी बस स्टप, ठूलो व्यासी बस स्टप र च्याम्हासिहँमा बस जाम भएर दैनिकजसो यात्रुहरू आजित भएका छन् ।
यसमा भक्तपुरको सिडिओ कार्यालय, भक्तपुर नगरपालिका, शिक्षा कार्यालय, सडक विभाग, त्राफिक कार्यालय र ठाउँठाउँको वडा प्रहरी र समाजसेवीहरूको ध्यान पुग्नु अती आवश्य छ । हप्ता दिनभित्रमा यो समस्या समाधान गर्न जरूरी छ । भोलिदेखि नै समाधानको गाँठो फुकाल्न त्राफिक प्रहरी खटाई समाधानमा लाग्नुपर्ने जनगुणासो छ । हुन पनि हो जनतालाई यातायातको सुविधामा सम्वन्धित निकायले अवसर दिनेछ ।
जागिरमा समयमा पुग्नु असल कर्मचारीको गुण हो । शिक्षक विध्यार्थी  अन्य जनताहरूले पनि पुगेर आ आफ्नो निपुणता देखाउनुमा कसैको बिमती नहोला ।  यो विषयमा सबैको ध्यानजान जरूरी छ । बाटो नि फराकिलो पार्नुपर्छ, त्यो गर्न हुने, सक्ने ठाउँमा तर जनतालाई उठावास गरेर बाटो फराकिलो पार्नु अपराध होला कि ? पुरै मानव बस्तीलाई असर पारेर  गर्न हुन्न ।  जे होस आज तत्काललाई त्राफिक परिचाल गरेर शुलभ र गन्तव्यमा पुग्न सहजिकरणको अपेक्षा गर्न सकिन्छ । बिस्तारै अवश्य पुगिन्छ र छिट्टै गए भन्न सकिन्न ।

Comments