रोशी ११ मा विधुत सम्बन्धि अन्तक्रिया कार्यक्रम
मंसिर १, २०७८, बुधबार | दिउँसो १२:५४ बजे | 60
अशोक बुद्ध लामा
आज रोशी गाउँपालिका वडा नम्बर ११ मा समसामयिक विकास निर्माणको विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ जसमा ३०० जना आम सर्वसाधारणको उपस्थिति भएको थियोे
जुन कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य ललिता किङरिङ मगरले विश्व बैकले विद्युतको लागि विश्व बैकले अनुदान दिने गरेको र विश्व विकास बैंकले अनुदान सहकारी संस्थालाई रकम नदिएको र निस् शुल्क बत्तीले बाल्न नयाँ किरण सहकारी संस्थाले अवरोध गरेको बताउनुभयो१
बिशेष अतिथि रोशी गाउँपालिका अध्यक्ष डि वी लामाले विधुतमा नेपाल सरकारले ९० प्रतिशत सरकारले हाल्ने र आम उपभोक्ताले ५ प्रतिशत हाल्नुपर्नेमा ५ प्रतिशत गाउँपालिकाले हाल्ने भएको र र रोशी ११ मा डम्फु जिवन्त संग्रहालय र रहेको अौधोगिक ग्राम पनि रोशी ११ मै रहेकाले रोशी ११ वासी खुसी हुनुपर्ने र रोशीमा निस्शुल्क बत्ती बाल्ने वचन व्यक्त गर्नुभयो१
समाजसेवी शंख बुद्ध लामाले नयाँ किरण सहकारीले पैसा उठाएर बत्ती बाल्ने पक्षमा रहेको र स्थानीय सरकारले बिना शुल्क बाल्ने कुरा भएको र राजनीतिक पावर लगाएर नयाँ किरणको कार्य क्षेत्र भनी रोकेको बताउदै विकासमा अवरोध गर्न नहुने बताउनुभयो
अतिथि उपअध्यक्ष लक्ष्मी कुमारी बर्तौलाले आम सर्वसाधारणबाट उठाएको पैसाको वैधानिक रुपमा नराखेको त्यसैले ग नयाँ किरण खारेज भएको बताउनुभयो । वडा नम्बर १० वडा अध्यक्ष दुधराज तामाङले गाउँपालिकाले बिधुतलाई छुट्टाएको पैसा व्यक्तिको नाममा लगेको जुन वेरुजु समेत रहेको बताउनुभयो ।
आम सर्वसाधारणको तर्फबाट दुधमान तामाङले बत्तीको कुरा गरेको ८ बर्ष भएको र हरेक ठाउँमा बत्ती बाल्दा रोशी ११ मा बत्ती नबलेको दुखेसो व्यक्त गर्नुभयो । अन्तक्रिर्या कार्यक्रममा जवाफ वडा अध्यक्ष मिलन लामाले दिनुभएको थियो र बत्ती सडक र शिक्षामा स्थानीय सरकार लागिपरेको बताउनुभयो ।