शताब्दी पुरुषको पुरातात्विक बगैंचाको सपना अझै अधुरो
कार्तिक ३०, २०७८, मङ्गलबार | विहान ११:०० बजे | 75
ललितपुर । वांगमय शताब्दी पुरुष एवं संस्कृतिविद डा। सत्यमोहन जोशीले संग्रहालय मातहतको भण्डा क्यबःलाई "Archeological Garden" पुरातात्विक बगैंचा०का रुपमा स्थापित गर्ने आफ्नो सपना अझै अधुरो रहेको बताएका छन ।
पाटन संग्रहालय ब्यवस्थापन समितिको २१औं बार्षिकोत्सवमा विशेष अतिथीका रुपमा पुग्नुभएका उनले आफू पुरातत्व विभागको निर्देशक रहँदा यत्रतत्र क्षयीकरण हुँदै गएका र विभिन्न उत्खननबाट उपलब्ध प्राचीन मूर्ति, शिलालेख जस्ता सामग्रीहरुको संग्रहित हुने स्थानका रुपमा पाटन दरबार क्षेत्रभित्रको भण्डाः क्यबः ९भण्डारखालको बगैंचा०को कल्पना गरेको बताएका हुन ।
२१औं वार्षिकोत्सवको अवसरमा संग्रहालयलाई सौर्य बत्तीबाट सञ्चालन तथा संग्रहालयको जर्नल भाग २ पुस्तिका विमोचन कार्यक्रममा सबैको ध्यानाकर्षण गर्दै उनले आफ्नो सपना अझै पुरा हुन सक्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संग्रहालयको जर्नल भाग २को विमोचन शताब्दी पुरुष, तथा पाटन संग्रहालयको विद्युत उर्जाको बचत एवमं संग्रहालयको व्ययभार पनि कम हुने परियोजनाको शुभारम्भ पाटन संग्रहालय विकास समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा, अष्ट्रियन विकास एजेन्सीका निर्देशक डा। मार्टिन लेदोल्टर र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सामूहिक रुपमा गरेका थिए।
२१ औं वार्षिकत्वसको अवसरमा प्एख्त् को सहयोगमा मूलचोकमा नेपालमा पहिलो ३ वटा उचयवभअतयच बाट अडियो भिजुएल कक्ष पनि खुला गरिएको छ । उक्त कक्षमा करिव २०० वर्ष अगाडिको एजष्ष्मिभउब ःगकभगm मा संग्रहित नेपालको गौसाइकुण्ड यात्राको सन्दर्भ कोरिएको पौभा कलाको उत्कृष्ट नमुना प्रर्दशनमा ल्याइएको छ । “आगामी दिनहरुमा यस कक्षको संकलनमा उपत्यकाका अमुर्त सम्पदाहरु पनि क्रमश बृद्धि गरिन्दै लाने लक्ष्य लिइका छौं ।” केपिभिटीका कार्यकारी निर्देशक रोहित रञ्जितले भने ।
सन् १९८३ देखि १९९७ सम्म विश्वसम्पदामा सूचिकृत अनेक संख्यामा मुर्त एवमं अमुर्त सांस्कृतिक सम्पदाहरु रहेको पाटन दरवारमा नेपाल सरकार पुरात्तव विभाग र अष्ट्रियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा संरक्षणकार्य भएको थियो । आवश्यक जिर्णोद्धारपछि विकास समिति ऐन २०१३ अनुसार वि।सं। २०५३ मा पाटन संग्रहालय विकास समिति गठन गरी वि।सं। २०५४ सन् १९९७ अक्टोबर २८ का दिन विधिवत्रुपमा उद्घाटन भै सर्वसधारणलाई खुला गरिएको यो पाटन संग्रहालय सफलातापूर्वक संचालन भएको २१ वर्ष भएको छ ।
फाेटाेमा हेर्नुहाेस्...