छुमा गणेश साकोसद्धारा ४० जना ज्येष्ठ नागरिक सम्मानित
कार्तिक २७, २०७८, शनिबार | दिउँसो ०३:०८ बजे | 75
भक्तपुर । भक्तपुरको तुछिमलास्थित छुमा गणेश बचत तथा ऋण सहकारी संस्थाले ४० जना ज्येष्ठ नागरिक सदस्यलाई सम्मान गरेको छ। साकोसको १४ औं साधारण सभामा सम्मान गरिएको हो।
[[img2]]
भक्तपुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष हरिराम सुवालले उद्घादन गरेका थिए। अध्यक्ष सुवालले बाहिरबाट आएको व्यक्तिहरुको सहकारी तथा बहुउद्देश्यहरु नाफामुलक भएको कारणले यसको भविष्यमा समस्या आउन सक्ने बताए। त्यसैले स्थानीय सहकारीलाई नै महत्व दिदैँ आएको उनी सुनाउँछन्।
[[img3]]
त्यस्तै छुमा गणेश साकोसका अध्यक्ष सिद्धिराम अवालले आजदेखि चेकका सुविधा सुरु भएको जानकारी गराए। यसअघि भौचरद्धारा कोरोबार गररहेका थियौं, उनले भने। साथै उनले हरेक वर्ष ७० नाघेका ज्येष्ठ नागरिकका वर्षैनी सम्मान गरेका पनि उनी सुनाउँछन्। यो वर्ष भने संस्थामा भएका सबै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छौं, उनले भने। उनले साकोसमा पुरुष ५ सय ४ जना र महिला ४ सय ७० जना गरि जम्मा ९ सय ७४ जना सदस्यहरु रहेको उनले सुनाए।
भक्तपुरको कमविनायकस्थित कमलविनायक बैक्वेटमा भएको थियो।
फाेटाेमा हेर्नुहाेस्...