पदमरत्नको योगदानबारे विचार गोष्ठी
कार्तिक २६, २०७८, शुक्रबार | दिउँसो ०३:४१ बजे | 35
काठमाडौं । पद्मरत्न तुलाधरको तेस्रो स्मिृती दिबसको उपलक्षयमा नेपाल भाषा श्रीबृद्धीको लागि पद्मरत्न तुलाधरको योगदान बिषयक विचार गोष्ठी सुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव इश्वर पोखरेलले नेपाल भाषा र संस्कृतीमा तुलाधरले महत्वपुर्ण योगदान पु¥याएका र भाषिक अधिकारको निम्ती मरिमेटेका बताए । उनले दिवंगत भैसकेका मानिसहरुलाई कमजोरीले दुःख नदिने वताउदै अग्रगामी परिवर्तनका अभियानमा तुलाधरको योगदानको कदर गर्नुपर्ने बताए ।
पद्मरत्न तुलाधर राष्ट्रिय प्रतिस्ठानका उपाध्यक्ष प्रा.डा चुन्दा बज्राचार्यले पञ्चायतकालमा भाषाको दमन हुँदा समानताको आन्दोलनमा तुलाधरको महत्वपुर्ण योगदान रहेको औल्याउदै अहिले ग्रामिण भेगहरुका विद्यालयमा स्थानिय भाषाको सट्टा अंग्रेजी र कम्प्युटर विषयको पढाई भइरहेको पाईएकोले स्थानिय भाषालाईनै प्राथमिकता दिएर पढाउन दवाव दिनुपर्ने बताइन् ।
नेवा द्य दबुका नरेश ताम्राकारले बहु आयामिक ब्यक्तित्व पद्मरत्न तुलाधरले उठाएका बिभिन्न बिषयलाई पुरा गर्दै लानुपर्ने बताउदै न्हुज खलले यस्तो कार्यक्रम आयोजना गरिराख्नुपर्ने बताए । कार्यक्रममा टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डंगोल, नेवा गुठी टोखाका रमेस नापित, हेमराज श्रेष्ठ, नन्दलाल श्रेष्ठ, झिगु संस्थाका रुद्रमान श्रेष्ठ लगाएतका उपस्थिती रहेको थियो ।
सभापति न्हुज खलका दिपेन्द्र श्रेष्ठले न्हुज खल स्व पद्मरत्न तुलाधरलेनै स्थापना गरेको स्मरण गर्दै एक सन्तानको रुपमा हुर्काइरहेको बताए ।