काभ्रेको रोशी गाँउपालिकालाई नेपाली काङ्ग्रेसमुक्त बनाउने धुलिखेल नगरपालिकाका मेयर व्यान्जुको घोषणा


कार्तिक २५, २०७८, बिहीबार | दिउँसो ०३:०० बजे | 55


काभ्रेको रोशी गाँउपालिकालाई नेपाली काङ्ग्रेसमुक्त बनाउने धुलिखेल नगरपालिकाका मेयर व्यान्जुको घोषणा

काभ्रे । नेकपा एमाले काभ्रेका नेता एवं धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुले रोशी गाँउपालिकालाई नेकपा एमालेयुक्त र नेपाली काङ्ग्रेसमुक्त बनाउनुपर्ने बताएका छन् । नेकपा एमाले रोशी गाउँपालिका कमिटी द्वारा आयोजित प्रथम गाउँपालिका अधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मेयर ब्यान्जुले यस्तो अभिव्यक्ती दिएका हुन् ।
साथै उनले नेकपा एमाले समाज रुपान्तरणको संवाहक , श्रमजीवी मजदुरहरु र सम्पुर्ण उत्पीडित सनुदायहरुको हकहितका लागि लड्ने एकमात्र पार्टी भएकाले आगामी चुनावमा रोशी गाउँपालिकाभरी नै विजय हासिल गर्ने उद्घोष समेत गरेका छन् ।


Comments