भक्तपुर जिल्ला बचत लिमिटेडको अध्यक्षमा कृष्ण गोविन्द लाखाजु
कार्तिक २५, २०७८, बिहीबार | विहान ०८:३३ बजे | 25
भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छाता संगठन भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुर सञ्चालक समितिको अध्यक्षमा कृष्ण गोविन्द लाखाजु चुनिएका छन् । संस्थाको १७ औ वार्षिक साधारणसभाबाट लाखाजुको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँं कार्यसमिति चुनिएको हो । समितिको उपाध्यक्ष हरि बल्ल, सचिब जगनाथ प्रजापति र कोषाध्यक्ष कान्छा भक्त घजु चुनिएका छन् ।
यस्तै सदस्यहरुमा पंचकृष्ण श्रेष्ठ, काजीबहादुर पञ्च, इन्द्र प्रसाद ब्यान्जु, कृश्नश्वरी प्रजापति र सन्तोषी खतिवडा चुनिएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा बालमुकुन्द उपाध्याय र सदस्यहरुमा श्रीप्रसाद त्यातजु तथा शुशिला पराजुली चयन भएका छन् । साधारणसभाको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गरेका थिए ।