जीवन चक्र–हाइकु
साउन ७, २०७७, बुधबार | विहान ०६:०२ बजे | 40
डा.इन्दुल केसी, भक्तपुर
१) बालक
चञ्चले बानी
मायालुका प्रतिक
प्यारो बालक ।
२) जवानी
आँखा जुडाई
प्रणयका खेलाडी
यो हो जवानी ।
३) प्रौढ
अनुभवका
भारि बोक्ने मानव
यो हो है प्रौढ ।
४) बृद्ध
चाउरी गाला
घरभर पाइला
लठ्ठी–सहारा ।
५) जीवन
जनम–मृत्यु
जीवनका आयाम
योग–वियोग ।