नियम विपरित चलाइएका सवारीसाधनमाथि कारवाही


कार्तिक २४, २०७८, बुधबार | दिउँसो १२:०४ बजे | 75


नियम विपरित चलाइएका सवारीसाधनमाथि कारवाही

बिराज अधिकारी
दमौली । नेपालीहरुको दोस्रो ठुलो पर्व शुभ दिपावलीको अवसरमा जिल्लाका विभिन्न ठाउँमा जिल्ला ट्राफिक प्रहरीले सवारी साधन चेकजाच गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाभर पाँच सय २० सवारीसाधन कारवाहीमा परेका थिए । जसअनुसार नियम विपरीत चलाइएका सवारी साधनमध्ये अधिकास मोटरसाइकल रहेको थियो ।
कर्तिक १८ गते लक्ष्मी पुजाको दिनबाट सुरु गरिएको चेकजाँच कार्तिक २२ गते सोमबारसम्म गर्दा कारवाहीमा परेका सवारी साधनबाट रु ३ लाख ६९ हजार राजश्व संकलन भएको थियो । धेरैजसो दुई पांग्रो सवारी साधान कारवाहीमा परेको पनि जिल्लाट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Comments