नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको आठौं साधारण सभा सम्पन्न
कार्तिक २४, २०७८, बुधबार | विहान ०९:५९ बजे | 40
भक्तपुर । नेवाः पत्रकार राष्ट्रिय दबू ख्वप कच्चाको आठौं बार्षिक साधारण सभा आज सम्पन्न भयो । सभाका प्रमुख अतिथि नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रिय अध्यक्ष सुरजबिर बज्राचर्यले नेवाः पत्रकारहरुको हकहितको लगि स्थापना गरिएको दबूले नेवा पत्रकारहरुलाई क्षमता अभिबृद्धिका तालिमहरु आवश्य भएको हुनाले यस्ता कार्यक्रमहरुलाई प्रार्थमिकतामा राखेर काम गर्दै जानु पर्ने बताउँनु भयो । उहाँले दबूले मातृभाषा पत्रकारितामा बिषेश कार्यक्रमहरु गर्दै आएको पनि जानकारी दिनुभयो । कार्यक्रममा भक्तपुर शाखाको नेपल सम्वत ११४२ को क्यालेन्डर बिमोचन गर्दै भक्तपुर शाखाले एउटा नमुनाको काम गरेको पनि बताउँनु भयो । कार्यक्रममा भक्तपुर शाखाले राससका पत्रकार रत्न श्रेष्ठद्धारा उहाँका आमा बुवाको नाममा नगद १० हजार सहितको स्व.हरिलाल श्रीलक्ष्मी स्मृति नेवाः पत्रकारिता पुरस्कारको स्थापना गरिने ब्यवस्था गरेको नेवाः पत्रकारहरुलाई उत्साह प्रदान गर्ने राम्रो कामको शुरुवात भएको उहाँले बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघसँग आबद्र्ध नभएका नेवाः पत्रकारहरुलाई आवश्यक सहयोगको लागि स्थपना गरिएको कल्यानकारी कोषमा करिव २०लाख रुषौयाँ जम्मा भईसकेको पनि जानकारी दिनु भयो ।
फाेटाेमा हेर्नुहाेस्...