भक्तपुरको बको, मिली, कालिघाटबासीको खानेपानीका लागि धमाधम काम
कार्तिक २२, २०७८, सोमबार | दिउँसो ०१:५७ बजे | 45
कुमार लघु
भक्तपुर । भक्तपुरको बको, मिली र कालिघाट खानेपानी तथा सरसफाई उपभोक्ताको योजनामा दुई लाख लिटरको खानेपानीको लागि निर्माण कार्य भैरहेको छ । उपभेक्ताका समितिका अध्यक्ष विरेन्द्र वासुकलाको नेतृत्वमा काम भइरहेको सो कार्य ठेक्कामा सुचारू भइरहेको छ ।
खानेपानीको लागि प्रदेश सरकारवाट वजेट निकासा भएको जनाइएको छ । सो ट्याङकी झौखेल वडा नं ३ कालिघाट टोल क्षेत्रमा डिपीसीको ढलान कार्य जारी रहेको छ ।
ट्याङकी उचाई ५०– ६० फिट् माथि उठ्ने जनाइएको छ । सो ट्याङकी निर्माण गर्न ३ न वडा अध्यक्ष श्यामसुन्दर धिमालले सिलान्यास गरेको उपभोक्ता समितिको अध्यक्ष वासुकलाले बताए ।
ट्याङकी निर्माण गरेको चाँगुनारायण नगरपालिका भक्तपुरमा पर्दछ । हरेक दिन २५ जनादेखि ५० जनासम्मको कामदार खटेको छ । सो ट्याङी ५ महिनदेखि ६ महिनासम्म निर्माण गर्ने लक्ष्य र स्थानीय जनतालाई सो ट्ङयाकीको पानी २ वर्षभित्र वितरण गर्ने उद्देश्य बनेको जानकारी छ । त्यसको लागि पाईप विछ्याई सकेको छ ।
ट्याङकी निर्माणको लागि रोड, ढुङ्गा, डण्डी र सिमेन्ट धमाधम प्रयोग गरी ट्याङकी निर्माण कार्य जारी छ । ट्याङकी निर्माण गर्न लगभग ८ करोड लगानी हुने र त्यसका लागि वजेट आएको कुरा बको, मिली र कालिघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष वासकलाले जानकारी दिए ।